कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने
०१ पौष २०७६
•
६ मिनेट पाठ
कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने
वीरेन्द्रनगर सफाइका क्रममा बेल्चाले फोहोर उठाएर ट्याक्टरमा राख्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्बिर : नगेन्द्र /नागरिक
सुर्खेत – २०७४ चैत ४ गते पदभार ग्रहणलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिबद्धतामध्ये एक थियो– महिनामा दुई दिनलाई श्रम दिनका रुपमा मनाउने। मुख्यमन्त्रीको प्रतिबद्धतालाई फागुन २६ को दोस्रो मन्त्रिपरिषद् बैठकले पारित ग-यो। एक वर्षसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा महिनाको १ र १५ गते सरसफाइ, पूर्वाधार निर्माणलगायतका काम सञ्चालन गरिए। श्रम दिनमा प्रदेशमातहत कार्यालयका कर्मचारीलाई ‘अनिवार्य’ भनिए पनि सुरक्षा निकाय र सामाजिक क्षेत्रबाट पनि उल्लेख्य उपस्थिति हुन्थ्यो। मुख्यमन्त्री शाही आफैं कुचो बेल्चा बोकेर श्रममा खटिन्थे।




पछिल्लो समय भने श्रमदिन मर्म मर्दै जान थालेको थियो। मुख्यमन्त्री उपस्थित हुँदा मात्रै कर्मचारी, सुरक्षाकर्मी र सामाजिक अभियन्ता आउँथे। यसैलाई लक्षित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७६’ बनाएको छ।

‘श्रमको सम्मान गर्न प्रदेशभरि महिनाको दुई दिन अनिवार्य रुपमा सबैले श्रम गर्ने उद्देश्यले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिन घोषणा गरिएको हो,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले कार्यविधि बनाएर त्यसलाई लागू गर्दैछौं।’ पुसदेखि प्रदेशभरि अनिवार्यरुपमा सबैले श्रम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको उनले बताए। कार्यविधिलाई ‘श्रम दिन अभियान’ नाम दिइएको छ। स्वास्थ्य, शिक्षा, कृषि, सरसफाइ, सार्वजनिक स्थलको मर्मत सम्भार, पर्यावरण सुधार, वातावरण संरक्षण, वृक्षरोपणजस्ता क्षेत्रमा श्रम दिन अभियान सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ। यस्तै सामाजिक कार्य, सचेतनामूलक कार्यक्रम तथा राज्यबाट नागरिकलाई दिइने सेवासुविधामध्ये केही सेवा अतिरिक्त समयमा पनि प्रदान गरिनेछ।

रक्तदान, सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण, जनचेतनामूलक कार्यक्रम, विद्यालय र समुदायमा श्रमको सम्मान तथा श्रम गर्ने बानीको विकाससम्बन्धी अन्तत्र्रिmया, कृषि बीउविजन, माटो परीक्षण, रोगको पहिचान, उपचार तथा पशुपन्छीको स्वास्थ्य परीक्षण, सल्लाह एवं परामर्श श्रम दिन अभियान मनाउने क्रममा निःशुल्क गरिनेछ।

यस्तै नदी, खोलानाला, तालतलैया, सार्वजनिक पोखरी, सार्वजनिक धारा, पँधेरा, इनार र पानीका स्रोत, मन्दिर, चैत्य, गुम्बालगायतका धार्मिक स्थल, लिपि तथा संग्रहालयजस्ता सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका धरोहर, खुला क्षेत्र तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ, मर्मतसम्भार, वृक्षरोपण गर्ने कार्य पनि यो अभियानअन्तर्गत निःशुल्क गर्ने व्यवस्था गरिएको छ।

कार्यविधिमा श्रम दिन अभियान स्थानीय तहले पनि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकार र स्थानीय तहले अभियानअन्तर्गत कार्यविधिमा उल्लेख गरिएका कार्यक्रम सञ्चालन गर्दा स्थान, समय र क्रियाकलापसहितको वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ।

श्रम दिन अभियान कार्यान्वयन तथा सञ्चालनका लागि प्रदेश सरकार र स्थानीय तहका सरकारी कार्यालय, सुरक्षा निकाय, शैक्षिक संस्था, सरकारी तथा अर्धसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, सामुदायिक संस्था, आमसञ्चार, नागरिक अगुवा, सामाजिक अभियन्ता, सर्वसाधारणसमेतलाई सरोकारवालाको रुपमा कार्यविधिमा समावेश गरिएको छ।

अभियानलाई प्रभावकारी रुपमा नेतृत्व, समन्वय तथा सहजीकरणसहित दिगो बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। समितिमा प्रदेशका सबै मन्त्री, सबै सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्थालगायतलाई सदस्यका रुपमा समावेश गरिएको छ। समितिले अभियान सञ्चालनका सम्बन्धमा नीतिगत निर्देशन दिने, सरोकारवाला निकायसँग समन्वय गर्ने, अन्तरनिकाय समन्वय गर्ने, अभियानको अनुगमन तथा समीक्षा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

श्रम दिन अभियान व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा ‘अभियान सञ्चालन तथा व्यवस्थापन समिति’, सम्बन्धित स्थानीय तहको प्रमुख संयोजक रहनेगरी ‘स्थानीय अभियान सञ्चालन तथा व्यवस्थापन समिति’ पनि गठन गरिएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३२ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस