काठमाडौं – काठमाडौं महानगरपालिकाले नेपाली सेना मातहत रहेको वीरेन्द्र अस्पतालबाट दैनिक १२ जना बिरामीलाई हेमोडाइलासिस सेवा उपलब्ध गराउने भएको छ। महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा तत्कालका लागि नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि उक्त सेवाको सुरुवात गर्ने उल्लेख छ।
‘महानगरले सकेसम्म आफैँ अस्पताल सञ्चालन गर्ने योजनामा छौं,’ मेयर शाक्यले भने, ‘अस्पताल खोल्न तत्कालै सम्भव नभएकाले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौं।’ महानगरले कान्तिवाल अस्पताललाई अक्सिजन प्लान्ट राख्ने पनि केही समय पहिले सम्झौता गरेको थियो। सहज र स्तरीय सेवामा सेनाले थप सफलता प्राप्त गर्ने बताए मेयर शाक्यको भनाइ छ। ‘हामीले यस अघि पनि सेनासँग सहकार्य अघि बढाएका छौँ,’ उनले भने।
नेपाली सेनाले इतिहासमा पहिलो पटक भवन निर्माणका लागि महानगरपालिकाबाट नक्सापास गराएको भन्दै मेयर शाक्यले यसले सेना थप उत्तरदायी बनेको बताए। नेपाली सेनाका सेनापति थापाले पनि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा थप उत्साहित भएको बताए। ‘हामीले यस अघि पनि महानगरपालिकासँग सहकार्य गरेर केही काम गरेका छौँ,’ उनले भने, ‘विगतदेखि नै नागरिक–सैनिक सम्बन्धलाई थप उचो बनाउने गरी हामी अघि बढिरहेका छौं।’ उनले महानगरपालिकाको हरियाली प्रवद्र्धन, धुलो नियन्त्रण, वातावरण स्वच्छ राख्ने योजनामा आफुहरू निरन्तर सहयोग गर्ने बताए।
जेष्ठ नागरिकहरुको लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीका लागि हेमोडाईलासिसलगायत सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने सम्झौतापत्रमा उल्लेख गरिएको छ। हेमोडाईलासिसको लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक भएमा त्यसको योजना सहितको खाका र बजेट नेपाली सेनाबाट माग भएपछि अनुदानको रूपमा महानगरपालिकाले उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्षमा नेपाली सेनालाई महानगरपालिकाले तीन करोड उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता अनुसार एक करोड ५० लाख अहिले तत्काल र बाँकी एक करोड ५० लाख अन्तिम किस्तामा भुक्तानी गर्ने सम्झौतापत्रमा उल्लेख छ।