वीरगन्ज – वीरगन्ज महानगरपालिकादेखि करिब १० किलोमिटर पश्चिममा रहेको सखुवापर्सौनी गाउँपालिकाको महुवनमा रहेको दलित बस्तीका एक सय ५० परिवारमा एक/एक थान सिरक वितरण गरिएको छ। तराईमा बढेको शीतलहर र जाडोको प्रभाव खासगरी दलित र विपन्नमा बढी पर्ने गर्छ। यसपालि महुवनको दलित बस्तीमा न्यानो सिरक काठमाडौंस्थित क्लोदिङ ब्यैंक नेपालको सहयोगमा संस्कृति भन्ने वीरगन्जको संस्थाले पु-याइदिएको हो।
केही दिनदेखि मधेस–तराईमा घाम नलागेर तापक्रम घट्दै गर्दा चिसो सिरेटो पनि चल थालेकाले दलित बस्तीलाई न्यानो पार्न सिरक बाँडिएको संस्थाकी अध्यक्ष शैली चौधरीले बताइन्। एक कार्यक्रमबीच सखुवापर्सौनी गाउँपालिकाको समन्वयमा सिरक वितरण गरिएको थियो। गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे। संस्कृतिका सल्लाहकार तबरेज अहमदले युवाहरूको पहलमा भएको कार्यक्रमको सराहना गरे। दाता संस्था क्लोदिङ बैंकका संयोजक श्रीराम गुरुङ, शिवानी प्रधान, आशिष घिमिरेलगायतको उपस्थितिमा सिरक बाँडिएको थियो। सिरक पाएपछि स्थानीयले खुसियाली मनाएका थिए।