काठमाडौं – काठमाडौं महानगरपालिका–८ गुहेश्वरी पञ्चकन्या टोलमा रहेको डिप बोरिङ हटाउन माग गर्दै आन्दोलन सुरु भएको छ। उक्त टोलनजिकै बाग्मती किनारमा रहेको गीता दर्शन बोरिङले चौबीसै घन्टा पानी निकाली बिक्री–वितरण गरेपछि वरिपरिका इनार, कल, कुवा सुक्न थालेको र जमिन भासिएर घर चर्किन थालेको भन्दै स्थानीयवासी शनिबारदेखि आन्दोलित भएका हुन्। उनीहरूले आइतबार पनि प्रदर्शन गरे।
व्यावसायिक प्रयोजन राखी बोरिङले निरन्तर पानी झिक्दा टोलवासीलाई पानी अभाव हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको टोल सुधार समितिका अध्यक्ष हरिबहादुर पाण्डेले बताए। स्थानीयवासीले बोरिङ बन्द नभएसम्म चरणबद्ध रूपमा आन्दोलन गर्ने जनाएका छन्। उनीहरूले प्लेकार्डसहित नाराजुलुस, बोरिङ घेराउ, वडा कार्यालय घेराउ, खानेपानी बोर्ड घेराउलगायत कार्यक्रम गर्दै आएका छन्।