डुक्पा छिरिङ मोक्तान
काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र जथाभावी राखिएको होर्डिङ बोर्ड विज्ञापन हटाउन निर्देशन दिएको दुई हप्ता बितिसकेको छ तर त्यस्ता होर्डिङ बोर्डहरू हटाउन महानगरपालिकाले थप पहल गरेको छैन। महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा राखिएको पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङ बोर्डले सहर कुरूप बनाएको भन्दै त्यस्ता विज्ञापन हटाउन सात दिनको म्याद दिएको थयो। सात दिनभित्र अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायत विज्ञापन नहटाए महानगरले हटाएर खर्च असुल्ने बताइएको थियो। तर महानगरले भनेअनुसार काम हुन सकेको छैन।
महानगरले यस आर्थिक वर्षमा ५० स्थानबाट मात्रै विज्ञापन बोर्ड हटाएको छ। यता महानगरले हटाउन सुरु गरे पनि काठमाडौंका भवन तथा घरका छतमा नियमविपरीत होर्डिङ बोर्डहरू राख्ने होडबाजी चलिरहेकै छ। बिजुलीको पोल तथा सडकछेउको फलामे पोल तथा सिमेन्टको पोलमा राखिने व्यावसायिक ब्यानर तथा फ्रेमसहितको ब्यानर राख्न महानगगरभरि नै प्रतिबन्धित रहेको महानगरको प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनले भने, ‘यदाकदा राखिने ब्यानरहरू महानगरको टोलीले दैनिक रूपमा निकल्ने गरेको छ।’
अहिले महानगरभित्र घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदिमा विज्ञापन राखिएको छ, जसका कारण महानगर कुरूप बन्दै गएको छ। सार्वजनिक ठाउँमा मापदण्डविपरीत होर्डिङ बोर्ड राखिँदा पनि महानगरले बेवास्ता गरेको सर्वसाधारणले गुनासो गर्दै आएको छ।
सर्वोच्च अदालतले २०७२ साल भदौ १६ मा महानगरभित्र जथाभावी राखेको होर्डिङ बोर्ड हटाउन आदेश दिएको थियो। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होर्डिङ बोर्ड निषेध गरेको थियो। पैmसला कार्यान्वयन निर्देशनालय यसअघि २०७५ भदै २८, २०७५ असोज २ र २०७५ पुस २६ गते महानगरलाई पत्र लेखी प्रगति विवरण मागेको थियो।
यसबीचमा व्यापारीले महानगरभित्र बिनाराजश्व होर्डिङ बोर्ड राखिराखे र महानगरले लाखौं राजश्व गुमाइरह्यो। काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको लामो समय बितिसक्दा पनि हटाउन सकेको छैन। व्यापारीले पनि नयाँ होर्डिङ बोर्ड राख्न छोडेका छैनन्। महानगरपालिकाले सात दिन सूचना जारे गेरेर होर्डिङ बोर्ड हटाउन निर्देशन दिए पनि व्यापारीहरूले अटेर गर्दै आएका छन्।
सहरी सौन्दर्यतालाई कायम गर्ने भन्दै काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका साइबोर्ड र होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो। त्यसपछि महानगरले मंसिर १६ गते सार्वजनिक सूचना निकालेर सात दिनभित्र जथाभावी राखिएको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो। तर महानगरले सर्वोच्च अदालतको आदेशलाई समेत लत्याएको छ। सर्वोच्च अदालतले दिएका कतिपय आदेशसमेत महानगरले पालन नगर्दा काठमाडौं सहर कुरूप बन्दै गएको छ भने सहरको सौन्दर्यसमेत गुम्दै गएको छ।
नीतिअनुसार महानगरमा दर्ता भएका मात्र साइनबोर्ड राख्न पाउँछन्। घरको टहराको छत, छाना तथा कौंसीमा राखिने होर्डिङ बोर्डहरू यस आर्थिक वर्षमा ५० स्थानबाट हटाइएको प्रवक्ता डंगोलले बताए। ‘महानगरपालिकाले अहिले दैनिक रूपमा अनुगमन तथा पोस्टर उक्काउने र सफा गर्ने काम गरिरहेको छ,’ उनले भने।
वन तथा वातावरण मन्त्रालयले २०७५ मंसिर ६ सार्वजनिक स्थानमा राखिएको भित्तेलेखन, टाँसिएको तथा झुन्ड्याएको पोस्टर, पम्पलेट हटाउन सार्वजनिक सूचना निकालेको थियो। महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारसामग्री नियमन नीति २०७० ले जारी गरेको नीतिमा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका सम्पूर्ण व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न पूर्ण रूपमा निषेध गरिएको छ। सरकारीबाहेकका निजी जग्गामा बोर्ड राख्दा सँधियार तथा सडकतर्फ कम्तीमा १० फिट जमिन छोडेको हुनुपर्ने र उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिटमात्र हुनुपर्ने, अनिवार्य रूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्ने विज्ञापन नीतिमा उल्लेख गरिएको छ।
अहिले महानगरभित्र पोस्टर, पम्प्लेट टाँस्न, वाल पेन्टिङ गर्न, होरिजेन्टल, स्टिल डिस्प्ले र स्ट्यान बोर्डहरू राख्न प्रतिबन्धित छ। यसरी नियन्त्रणमा लिइएका फलामयुक्त फ्रेमहरू लिलाम प्रक्रियाबाट बिक्री गर्दा गत आर्थिक वर्षमा पाँच लाख सात हजार राजश्व संकलन भएको थियो। चालू अर्थिक वर्षमा भने लिलाम प्रक्रियाबाट ८६ हजार पाँच सयमात्र राजश्व संकलन भएको छ। गत आर्थिक वर्षमा पोस्टर, पम्प्लेट र ब्यानरबाट तीन लाख ६४ हजार पाँच सय राजश्व उठाइएको थियो।

काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री हटाउन सर्वोच्च अदालतले दिएको आदेशसमेत पालना नहुँदा काठमाडौं सहरको सौन्दर्य गुम्दै गएको छ।