ललितपुर – नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षमा पत्रकार तथा शिक्षाविद् सत्यनारायण बहादुर श्रेष्ठलाई मान्यता दिनुपर्ने माग गर्दै उनको १०४ औं जन्मजयन्ती मनाइएको छ। ललितपुरको आदर्श विद्या मन्दिरस्थित उनको शालिकमा आइतबार माल्यार्पण गर्दै आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरूङले महासंघले संस्थापक अध्यक्षको रूपमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्यता दिँदै आएको गलत भएको बताए। यसले सबभन्दा पहिला पत्रकार संघको स्थापना गर्ने श्रेष्ठ भएकाले अन्याय हुँदै आएको उनको दावी थियो।
‘पत्रकार तथा शिक्षाविद् श्रेष्ठले पत्रकारको हकहितको लागि सबभन्दा पहिले पत्रकारहरूलाई संगठीत गरेका थिए, तर कुनै पार्टीमा आवद्ध नभएकै कारण उनलाई पत्रकार महासंघको संस्थापक अध्यक्षको मान्यता दिइएन।’ अध्यक्ष गुरूङले भने। नेपाल टुडेका सम्पादक श्रेष्ठले विस २००८ मा आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको स्थापना गरेका उनको जिकीर थियो।
त्यसपछि विस २०१२ साल पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसया पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो। तर पत्रकार महासंघल भने संघ पुनर्गठन गरी अध्यक्ष भएका भट्टराईलाई संस्थापकको रूपमा मान्दै आएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको कार्यक्रममा बोल्दै दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले संघका संस्थापक श्रेष्ठलाई संस्थापकको मान्यता दिलाउने आफूहरूले निरन्तर प्रयास गर्दै आएको बताए। त्यस्तै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले राष्ट्रको चौंथौं अंग मै यस्तो विभेद हुनु दुर्भाग्य रहेको बताए।
संस्थापक श्रेष्ठकी छोरी तथा आदर्श विद्या मन्दिर (एभिएम)की प्रिन्सिपल सुजिता मानन्धरले आफ्नो बुबाले शिक्षण पेशा अंगाल्नु अघि निरन्तर रूपमा पत्रकारितामा लागेको बताउँदै उचित मुल्यांकन हुनुपर्ने बताइन्।