डुक्पा छिरिङ मोक्तान
काठमाडौं – गुरुङ समुदायले फो (मृग) वर्गलाई बिदाइ गरी च्यु–ल्हो (मुसा) वर्गलाई स्वागत गरेर मंगलबार तमु ल्होसार पर्व मनाइएको छ। ल्होसार पर्वको अवसरमा मंगलबार टुँडिखेलमा विशेष कार्यक्रम भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। तमु ल्होसारका अवसरमा पूजाआजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसहित झाँकी तथा -याली प्रदर्शन गरिएको हो। -यालीमा गुरुङ समुदायका बस्ती भएका उपत्यका सेरोफेरोका जिल्लाहरूबाट विभिन्न संघ–संस्थाको संयोजनमा जातीय वेशभूषासाथ हजारौं महिला–पुरुष सहभागी थिए। उनीहरूले एक–आपसमा शुभकामना (आसिला) साटासाट गर्दै खुसीयाली मनाएका थिए।
तमु ल्होसारका अवसरमा टुँडिखेलमा एक सय ५० भन्दा बढी स्टलहरू राखिएका थिए। ती स्टलहरूमा गुरुङ समुदायका मौलिक पहिचानका चिजबिज, वेशभूषा तथाच खानाका परिकारहरूको प्रदर्शनीमा राखिएको थियो। ल्होसारको अवसरमा गुरुङ युवक–युवतीले गालामा ‘ह्यापी तमु ल्होसार’ लेखेका थिए।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ। विशेषगरी गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा तमु ल्होसार मनाउने गरिन्छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु–ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउने बताए।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि तमु–ल्होसारको शुभकामदा दिँदै ‘अबदेखि नेपाल सरकारले सातवटै प्रदेशमा तमु–ल्होसार मनाइने,’ बताए। नेपालको पर्यटन वर्ष २०२० वर्षलाई सबै जातजाति र सिंगो नेपाली मिलेर भ्रमण वर्ष सफल बनाउनसमेत उनले आग्रह गरे।
केही समयअघि गुरुङ समुदायले टुँडिखेल तथा गुरुङ समुदायको बाहुल्य रहेको क्षेत्रमा मात्र तमु–ल्होसार मनाउने गरेकोमा अचेल देशभरि मनाउन थालिएको छ। १२ वटा पशुपन्छीको नाममा १२ वर्षको एउटा ‘ल्हो’ को वर्गचक्र हुन्छ। यही ल्होअनुसार प्रत्येक वर्ष पुस १५ का दिनमा ल्हो ‘वर्ग’ फेरिन्छ। यस वर्ग चक्रअनुसार वर्ग फेरिने दिनलाई नयाँ वर्ष मान्ने गरिन्छ। गुरुङहरूको ल्होसार अर्थात् वर्ग चक्रमा समावेश रहेको पशुपन्छीहरूमा घोडा ‘त’, भेडा ‘ल्हु’, बाँदर ‘प्र’ चरा ‘च्ह्या’, कुकुर ‘खि’, मृग ‘फो’, मुसा ‘च्यु’ गाई ‘ल्वों’ बाघ ‘तो’, बिरालो ‘ह्वीं’, सर्प ‘सप्ह्री’ गरुड ‘मुप्ह्री’ रहेका छन्।
यो वर्षभरि जन्मनेहरू अब च्यु–ल्हो अर्थात् मुसा वर्गका रहनेछन्। ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीहरूको मौलिक पर्वकोे रूपमा मनाउने गरिन्छ। तमु ल्होसार गुरुङ जातिले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आ–आफ्नो तिथिअनुसार मनाउने गर्छन्।