ल्यान्डफिल्ड साइटको विकल्प अझै तयार भएन
१८ पौष २०७६
•
६ मिनेट पाठ
ल्यान्डफिल्ड साइटको विकल्प अझै तयार भएन
पोखरा – पोखराको फोहोर फाल्न अर्को वर्षदेखि नयाँ ल्यान्डफिल्ड साइट सञ्चालन गर्नुपर्ने हो तर अझै तयार भइसकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हाल सञ्चालित पोखरा–१४ स्थित ल्यान्डफिल्ड साइट बन्द हुनेछ। विमानस्थलनजिक भएकाले सो ल्यान्डफिल्ड साइट बन्द गर्नुपर्ने बाध्यता रहेको हो। तर, पोखरा महानगरपालिकाले नयाँ ठाउँ खोज्न छलफल नै चलाएको छैन।




‘नयाँ ल्यान्डफिल्ड साइट खोज्नेबारे सामान्य कुराकानी त भएको छ तर गम्भीर छलफल भएको छैन,’ पोखरा महानगरपालिकाका ल्यान्डफिल्ड साइट व्यवस्थापन शाखाप्रमुख नेत्रप्रसाद तिमिल्सिना भन्छन्, ‘अब खोज्ने काम चाँडै सुरु गर्छौं, नयाँ ल्यान्डफिल्ड साइट चाहिन्छ भन्ने महानगरलाई राम्रोसँग थाहा छ तर विविध कारणले गम्भीरतापूर्वक लाग्न सकेको छैन।’ उनका अनुसार पोखरा–३३ मा ल्यान्डफिल्ड साइट बनाउनुपर्छ कि भन्नेबारे सामान्य कुराकानी भए पनि कुन ठाउँमा बनाउने ? सरकारी स्वामित्वको जग्गा छ कि छैन ? भन्नेबारे महानगर अनभिज्ञ छ।

पोखरा–१४ मा हाल सञ्चालित ल्यान्डफिल्ड साइट अबको १ वर्षमा बन्द हुनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै ल्यान्डफिल्ड साइट बन्द गर्नुपर्ने पोखरा महानगरलाई बाध्यता रहेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हाल ५४ प्रतिशत काम सम्पन्न भइसकेको छ। सन् २०२० को डिसेम्बरसम्ममा विमानस्थल निर्माण सकिने सरकारले बताएको छ। निर्माण सम्पन्न भएलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उसले भनिसकेको छ। यदि सरकारले भने झैं सन् २०२१ को सुरुआतबाटै विमानस्थल सञ्चालनमा आउने हो भने ल्यान्डफिल्ड साइट पनि बन्द हुनेछ र नयाँ ठाउँमा सञ्चालन भइसक्नुपर्नेछ। तर अहिलेसम्म पनि नयाँ ल्यान्डफिल्ड साइटको खोजी सुरु नहुँदा फोहोर व्यवस्थापनमा समस्या निम्तिने हो कि भन्ने आशंका उब्जिएको छ।

पोखरा–१४ मा हाल सञ्चालित ल्यान्डफिल्ड साइट अबको १ वर्षमा बन्द हुनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै ल्यान्डफिल्ड साइट बन्द गर्नुपर्ने पोखरा महानगरलाई बाध्यता रहेको हो।

नयाँ ल्यान्डफिल्ड साइट खोज्ने प्रस्ताव ६÷७ वर्ष अघिदेखि नै आएको थियो। जतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा अन्तिम चरणमा पुगेको थियो। तर, कर्मचारीको भरमा चलेको तत्कालीन उप–महानगरले पनि ठोस खोजी अघि बढाएन भने जनप्रतिनिधि आएपछि पनि यसको खोजी तदारुकताका साथ हुन सकेको छैन।

पोखरा महानगरप्रमुख मानबहादुर जिसी भने ल्यान्डफिल्ड साइटको विकल्पको खोजी नभएको भन्नेबारे अस्वीकार गर्छन्। ‘हामी अध्ययनमै छौं,’ प्रमुख जिसीले भने, ‘विमानस्थल तयार भएसँगै हामी पनि हालको ल्यान्डफिल्ड साइटको विकल्प तयार गरेर जाने कोसिस गर्नेछौं।’ अबको ३/४ महिनाभित्र हालको नयाँ ल्यान्डफिल्ड साइट खोजिसक्ने उनले दाबी गरे। उनले विभिन्न विकल्पबारे छलफल भइरहेको भन्दै अहिल्यै ठाउँको नाम सार्वजनिक गर्न नमिल्ने तर्क गरे। उनले भने, ‘अहिले नै नाम भन्यो भने त फेरि नाराजुलुस सुरु भइहाल्छ नि ! त्यही भएर हामीले आन्तरिक रूपमा वैकल्पिक ठाउँको अध्ययन गरिरहेका हौं।’ उनले नयाँ ठाउँमा प्रविधिको प्रयोग गरी फोहोरलाई मोहरमा परिणत गर्नेगरी रिसाइक्लिङ र बिजुली निकाल्नेसमेत कार्यका लागि सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको बताए।

हाल सञ्चालित ल्यान्डफिल्ड साइट करिब २ सय रोपनीमा रहेको छ। पोखरा १४ बाच्छेवुडुवमा २०६१ देखि सञ्चालित सो ठाउँमा फोहोर फाल्न ८० रोपनी, ट्रिटमेन्ट प्लान्टका लागि ३० रोपनी, मेडिकल बेस्ट ट्रिटमेन्ट कम्पोज्डका लागि १५ रोपनी र बाटो, सेनिटरीलगायत (बफरजोन)का लागि ७५ रोपनी प्रयोग गरिएको छ। अब नयाँ ठाउँ खोज्दा झन्डै ३ सय रोपनी खोज्नुपर्ने शाखा प्रमुख तिमिल्सिनाले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस