बालबालिका निरन्तर चितुवाको सिकार
२२ पौष २०७६
•
१५ मिनेट पाठ
बालबालिका निरन्तर चितुवाको सिकार
तनहुँमा खोरमा परेको चितुवा। तस्बिरः श्रीहरि/नागरिक
सन्तोष पोखरेल/श्रीहरि पौडेल




पोखरा/तनुहँ – २०७४ फागुनदेखि तनहुँका विभिन्न गाउँका बालबालिका चितुवाको आक्रमणमा पर्न थालेका थिए। त्यो शृंखला अझै रोकिएको छैन। बारम्बार खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइए पनि बालबालिकालाई चितुवाले सिकार बनाउने क्रम अझै जारी छ। त्यसैको पछिल्लो पछिल्लो शृंखलामा आइतबार आँबुखैरेनी गाउँपालिका–१ का ८ वर्षीय पुजन सिंजालीलाई चितुवाले आक्रमण गरेको घटना जोडिएको छ। घटनामा बालक सिंजालीको मृत्यु भएको छ।

जिल्र्ला लय तनहुँका अनुसार २०७४ फागुन १ देखि अहिलेसम्म आठजना बालबालिकालाई चितुवाले सिकार बनाइसकेको छ भने चारजना बालबालिका घाइते भएका छन्। सबैभन्दा बढी भानु नगरपालिकामा ६ जना बालबालिका चितुवाको सिकार बनेका छन्। शुक्लागण्डकी र आँबुखैरेनीका एक–एकजना बालबालिका पनि चितुवाको सिकार बनेका छन्।

‘बारम्बार चितुवालाई खोरमा पारेर नियन्त्रणमा लिइए पनि बालबालिकामाथिको आक्रमण अझै रोकिएन। कतै न कतै आक्रमण भइरहेको छ,’ भानु नगरपालिका–२ का अध्यक्ष अर्जुनबहादुर केसीले भने, ‘गाउँलेलाई नै त्रसित बनाउने गरी चितुवाले दुःख दिइरहेको छ। साँझ परेपछि घरबाहिर निस्कनसमेत डराउने अवस्था छ।’ केसीको अनुभवमा एउटै गाउँमा बारम्बार चितुवाले बालबालिकालाई सिकार बनाउनुमा जंगलमा चितुवाले आहार नभेट्दा मान्छेमाथि आक्रमण बढेको हो। सिकारको खोजीमा चितुवा बस्ती पस्दा त्यसको मारमा बालबालिका परेको उनले बताए।

‘अहिले जंगलमा न त कुनै जंगली जनावर छन्। न मान्छेले नै घरायसी बस्तुभाउ लिएर जंगल जान्छन्, कतै पनि आहार नभेटेपछि चितुवा बस्तीमा पसेको हाम्रो अनुमान छ,’ उनले भने, ‘बस्तीमा पसेको चितुवाले पनि सुरुमा गाईबस्तु, कुकुर, बाख्रा खोज्ने हो, ती बस्तु पनि सहजै नभेटेपछि बल्ल मान्छेमाथि आक्रमण गरेको हुनसक्छ। सहजै सिकार गर्न सकिने भएकोले बच्चामाथि बढी आक्रमण भएको हो।’

जंगलमा रहेका पानीको मुहान र पोखरी सुक्दै जाँदा जंगल जीवजन्तुविहीन हुने अवस्थामा पुगेको छ, जसको प्रत्यक्ष मार चितुवाको आहारमा परेको छ।

उनका अनुसार चितुवाको आक्रमणमा परेका गाउँनजिक घना जंगल छन्। त्यसबाहेक केही वर्ष अघिसम्म खेतीपाती हुँदै आएको जग्गा–जमिन खेती गर्न छाड्दा अहिले जंगल बनिसकेको छ। बस्तीकै बीचमा जंगल पनि छ। भानुका मझुवा उख्ले, सानो देउरालीलगायत सामुदायिक वन बस्तीनजिकै छन्। एउटा जंगलबाट सय मिटर हाराहारीमा बढेमाको अर्काे जंगल रहेको र त्यही जंगलसँगै जोडिएर बस्ती बसेको उनले बताए। ‘बस्तीनजिकै घना जंगल भए पनि ती जंगलमा कतै जंगली जनावर, चराचुरुंगी भेटिँदैनन्, बेलाबेला बाँदर आए पनि बाँदरको बसाइ अस्थायी हुन्छ,’ केसीले भने, ‘आडैका बस्तीका बासिन्दाले पनि चरनका लागि गाईबस्तु जंगल लैजान छाडेका छन्। त्यसले गर्दा पनि चितुवालाई आहार अभाव भएकोले खानकै लागि बस्ती पस्ने गरेको हुनसक्छ।’

पछिल्लो समय गाउँलेले बाख्रा, सुंगुुर, बंगुुर, कुखुरा, कुकुर पाले पनि घरमै व्यवस्थित खोर बनाएर पाल्छन्। पहिले–पहिले गाउँलेले चरनका लागि जंगलमा गाईबस्तु, बाख्रालाई लैजान्थे र चितुवाले मौका हेरेर तिनै बस्तुलाई सिकार बनाउँथे। तर अहिले भने जंगलमा कसैले बस्तुभाउ चराउन नलैजाँदा चितुवालाई आहार अभाव भएको हुनसक्ने उनले बताए। ‘घरमा खोरमा पालेका बाख्रा, कुकुर, सुंगुर, बंगुर, गाइर्भैंसीलाई आहार बनाउने गरी चितुवा बस्ती पसेको हुनसक्छ। तर ती बस्तु पनि नपाएपछि बालबालिकालाई सिकार बनाएको हुनसक्छ,’ उनले भने, ‘किनकि हामीले बाख्रा थुनेर खोर बनाउँदा सिकारको खोजीमा आएको चितुवा पासोमा पार्न सफल भएका छौं।’

उनका अनुसार चितुवाको आक्रमण प्रायःजसो बेलुकीपख हुने गरेको छ। दिनभर सिकारको खोजीमा जंगल चहार्ने चितुवा केही नभेटेपछि बेलुकीपख बस्ती पस्ने गरेको उनले बताए। ‘त्यही भएर हामीले स्थानीयलाई बेलुकीपख सचेत हुन भनेका छौं। बालबालिका बढी निसानामा पर्ने भएकोले पनि गाउँलेलाई सचेत बनाएका छौ,’ उनले भने, ‘बेलुकीपख बालबच्चाको विशेष ख्याल गर्न भनेका छौं।’ उनका अनुसार आक्रमण बढेपछि भानु नगरपालिकाका १,२,३ र ४ नम्बर वडामा चितुवा नियन्त्रणका लागि परम्परागत खोर (पासो) निर्माण गरिएको थियो। ती खोरमा अहिलेसम्म ६ वटा चितुवा परिसकेका छन्। तीबाहेक मरेका चितुवामात्र पाँचवटा भेटिएका छन्।

तनहँुका वन अधिकृत केदार बरालका अनुसार भानुमा रहेको चितुवाको समस्या अहिले अन्य क्षेत्रमा बिस्तार भएको छ। भानुमा नौवटा खोर बनाएर चितुवा नियन्त्रण गरेको भए पनि अहिले वरपरका अन्य गाउँमा त्रास बढेको उनले बताए। ‘भानुको समस्या हल भएको अनुमान हुँदै गर्दा आक्रमण पनि घटेका थिए। तर अहिले अन्यत्र आक्रमण बढेको छ,’ उनले भने, ‘सिकारकै खोजीमा बस्ती पसेको चितुवाले अरू केही नपाएपछि मान्छेको बच्चामाथि आक्रमण गरेको हो।’

जंगलभित्रै पाइने आहारको रूपमा वन्यजन्तु नभेटेपछि चितुवा बस्ती पसेको उनले बताए। ‘हामीले खोरमा पारेका चितुवा बाख्राकै खोजीमा गएको पुष्टि भएको छ। किनकि खोरमा एकापट्टि बाख्रा र अर्काेपट्टि चितुवा पर्नेगरी खोर बनाइदिएका थियौं,’ बरालले भने, ‘त्यही बाख्रा खान पुगेको चितुवा खोरमा परेको हो। त्यसैलै पनि जंगलमा आहार कम भएपछि बस्ती पसेको भन्न सकिन्छ।’

जंगलमा चितुवाको आहाराको रूपमा पाइने हरिण, खरायो, कुखुरा, चित्तल, मृगलगायत जनावर अहिले विस्थापित भएका छन्। खानेपानीको अभावले जंगलमा जनावर अडिन छाड्दा त्यसको मार चितुवालाई परेको उनले बताए। ‘जंगलभित्रका पानीका मूल सुकेका छन्। पोखरी पनि सुकिसके, जसले गर्दा हरिण, वनकुखुरा, चित्तल, खरायोजस्ता जंगली जनावर बस्न छाडेपछि चितुवाले आहार भेटेन,’ उनले भने, ‘पानीको मूल, स्रोत संरक्षण गरेर जंगली जनावरलाई जंगलमै टिकाइराख्ने प्रयास भइरहेको छ। जसोतसो जोगिएका केही जनावरलाई त्यही जंगलमा टिकाइराख्न पनि पानीको मुहान संरक्षण गरिदिने योजना छ। नत्र जंगल अब जीवजन्तुविहीन हुने अवस्था आएको छ। त्यसको मार चितुवाको आहारमा परेको छ।’

वन्यजन्तुसम्बन्धी जानकार प्राध्यापक करनबहादुर शाहका अनुसार विशुद्ध वन्यजन्तुको हिसाबले चितुवा जंगलमा आश्रित र केही घरगाउँमा आउजाउ गर्ने जनावर हो। तर अहिले जंगलमा आहार नभेटेपछि गाउँ पस्न थालेको उनले बताए। ‘जंगलमा आहार बनाउन मिल्ने जीवजन्तु नभेटेपछि चितुवा बस्ती पस्ने नै भयो। चितुवाको घर भनेको जंगल हो। तर खानेकुरा नपाएपछि बस्ती पस्न थालेको छ,’ शाहले भने, ‘जंगलमा पर्याप्त खानेकुरा पाउँदाको अवस्थामा पनि कहिलेकाहीं फरक स्वादका लागि बेलाबेला घरपालुवा जनावर मार्ने बानीबेहोरा हुन्छ। तर पछिल्लो समय त जंगलमा खानेकुरा अभाव भएपछि आहाराकै खोजीमा गाउँ पसेको हो।’

पछिल्लो समय गाउँमा पनि गाईबस्तु, भेडाबाख्रा, कुकुर पाल्ने चलन हराउँदै जाँदा गाउँमा पनि चितुवाले पर्याप्त र सहजै आहार पाउन छाडेको उनले बताए। ‘गाउँमा पनि जीवजन्तु नपाएपछि मान्छेमाथि आक्रमण गरेको हो। ठुला मान्छेसँग आफै त्रसित हुन्छ। त्यसैले बच्चामाथि निरन्तर आक्रमण गर्न सक्छ,’ उनले भने, ‘एकै ठाउँमा बच्चा मारिनुमा सम्बन्धित निकायले अध्ययन नगर्दा समस्या हो। चितुवा समातेर बाहिर पठाएरमात्र समाधान हुँदैन, चितुवाको आहार व्यवस्थापन गर्नुपर्छ।’

उनका अनुभवमा चितुवा ‘सिंगल’ बस्छ। त्यो बेला चितुवाले सीमा निर्धारण गरेको हुन्छ। एकअर्काको सीमा मिचिँदा भुइँ कोपर्ने, बढी दिसा गर्ने चितुवाको प्रकृति नै हुने उनले बताए। एउटा चितुवाले छाडेको संकेत अर्काेले थाहा पाउँछ। त्यसैले एकअर्काे चितुवालाई संकेत दिनका लागि पिसाब फेर्ने, खोस्रने, दिसा गर्ने चितुवाको चलन हुन्छ। चितुवाको बच्चा डेढ वर्षसम्म माउसँगै रहन्छ, त्यसपछि माउबाट छुट्टिन्छ र आफ्नो क्षेत्र ओगटेर बस्ने बानी हुन्छ। स्वस्थ बच्चाका लागि पनि ठाउँ चाहिन्छ। कि त खालि भएको ठाउँमा वा कि अरूलाई विस्थापित गरेर त्यस ठाउँमा स्थापित हुने चितुवाको प्रक्रिया हुन्छ। खालि भएको ठाउँमा अन्यत्रबाट आउने सम्भावना पनि हुन्छ। एउटा चितुवाले २० वर्ग किलोमिटर क्षेत्र जति ओगट्छ। त्यसैले आफ्नो क्षेत्रमा बस्ने र खाने ठाउँ नपाउँदा मानव बस्तीतिर आकर्षित हुँदै जाँदा मान्छेमाथि आक्रमण भएको हुनसक्ने उनले बताए। ‘चितुवा एक जिल्लाबाट अर्काेमा आउजाउ गरिरहन्छ। चितुवाको संख्या बढी भएकोले पनि यो अवस्था आएको हुनसक्छ,’ उनले भने, ‘तर मान्छेमाथि आक्रमण हुनुमा जंगलमा खानेकुरा नपाएरै हो।’

चितुवाको आक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले चितुवालाई मार्न निर्देशन दिएको छ। प्रशासनले प्रहरीलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालयमा बुझाउन निर्देशनसहितको पत्राचार गरेको थियो। शुक्लागण्डकीमा पनि स्थानीय प्रशासनले त्यही अनुसार पत्राचार गरेको छ। आँबुखैरैनीमा सशस्त्र प्रहरीको टिम खटाउने, फलामे खोर बनाउने तयारी छ। त्यसबाहेक वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०७१ अनुसार पीडितलाई राहत रकम प्रदान गरिएको पनि बरालले बताए। मृतकको परिवारलाई तत्काल ५० हजार र बाँकी नौ लाख ५० हजार राहतस्वरुप उपलब्ध गराएको पनि बरालले जानकारी दिए।

चितुवा आक्रमणमा परी मृत्यु भएका बालबालिकाहरू –

१. २०७४ फागुन १ गते भानु नगरपालिका–३ का सात वर्षीय विशाल श्रेष्ठ।

२. २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ का चार वर्षीया रञ्जिता लम्साल।

३. २०७५ मंसिर १५ गते भानु नगरपालिका–२ का आठ वर्षीय अमृत गुरुङ।

४. २०७६ जेठ २४ गते भानु नगरपालिका–२ का आठ वर्षीया पुष्पा अधिकारी।

५. २०७६ असोज २१ गते भानु नगरपालिका–१ का तीन वर्षीय आशिष बानियाँ।

६. २०७६ कात्तिक ११ भानु नगरपालिका–२ का सात वर्षीय ऋतिक रोक्का।

७. २०७६ पुस १३ गते शुक्लागण्डकी नगरपालिका–३ का २ वर्षीय रविन नेपाली

८. २०७६ पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिंजाली।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
३९ मिनेट अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
यो पनि पढौँ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock २ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस