काठमाडौं – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले २० करोड घुस मागेको गम्भीर आरोप लागेको छ। बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको गम्भीर आरोप लगाएका छन्। उनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राडा गिरीले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि उक्त रकम घुसबापत मागेको दाबी गरे।
मंसिर १५ मा द्धारिका होटलमा उपाध्यक्ष गिरीसँग भएको भेटेमा सम्बन्धनका लागि नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागेको उनको भनाइ छ। एक करोडसम्म भए विचार गर्न सकिन्छ तर यत्रो पैसा यतायता गर्न सकिँदैन भनेर जवाफ दिएको प्रसाईंले बताए।
‘उपाध्यक्ष गिरीले पैसा नदिने भए झापामा रहेका आफ्नो सम्धीको नाममा १० प्रतिशत सेयर पास गरिदिन आग्रह गरे,’ पत्रकारसँग उनले भने। उनले घुस मागेको होइन भनेर आफ्नोसामु आएर भन्न पनि उपाध्यक्ष गिरीलाई चुनौती दिए। उनले यो विषयमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरूलाई जानकारी गराएको बताए।
यता आयोगका उपाध्यक्ष गिरीले भने प्रसाईसँग आफूले घुस नमागेको दाबी गरेका छन्। प्रसाईँले आफूसँग गिरीले २० करोड रुपैयाँ घुस मागेको सार्वजनिक रूपमा नै आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै उनले आरोप पुष्टि गर्न चेतावनीसमेत दिएका छन्। मंसिर १५ मा द्धारिका होटलमा प्रसाईंसँग भेट नभएको समेत दाबी गरेका छन्। उपाध्यक्ष गिरीले कपोकल्पित आरोप लगाएर आफ्नो मानहानी गरको बताउँदै कानुनी उपचार खोज्नेसमेत बताए।