विरोध गर्दा टिपरले किचेर हत्या
२६ पौष २०७६
•
७ मिनेट पाठ
विरोध गर्दा टिपरले किचेर हत्या
दाजु दिलीपको मृत्युको खबरले भावविह्वल बहिनी लक्ष्मी महतोसहित आफन्त। तस्बिर : नागरिक
ढल्केबर (धुनषा) – धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खनन‌को विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ।




औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ। ओमप्रकाशको खेत पनि त्यही छ। साँझ परेपछि यस खोलामा लोडर (मेसिन) ले उत्खनन गरी गिट्टी–बालुवा यस क्षेत्रमा सञ्चालित क्रसर उद्योगमा पु¥याइन्छ। घर–खेतनजिकैको खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा भाइलाई क्रसरवालाको टिपरले खोलामै किचेर मारेको मृतक ओमप्रकाशका दाइ वीरेन्द्रकुमारले बताए।

प्रत्यक्षदर्शीको जानकारी र घटनास्थल मुचुल्का आधारमा महतोलाई किच्ने ना७ख ६४१३ नम्बरका टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। टिपर साहु तथा खोला छेवैमा वास प्लान्ट (क्रसर) सञ्चालन गर्दै आएका सञ्चालकलाई समेत अनुसन्धानको घेरामा ल्याइने उनले बताए।

रामजीवन महतोको जेठा छोरा थिए ओमप्रकाश। गाउँमा उनलाई दिलीप भनेर बोलाइन्थ्यो। उनी मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए। गाउँछेउमा रहेको औरही खोलामा भइरहेको अवैध उत्खननप्रति उनी असन्तुष्ट थिए। उनले उत्खननको विरोधमा युवालाई एकत्रित पारेर रोक्न लगाउँथे। पोहोर पनि उनको नेतृत्वमा युवाले सो खोलामा भइरहेको उत्खनन रोकेको स्थानीय रामपुकार साहले बताए।

दाजु वीरेन्द्रकुमारका अनुसार पोहोर खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए। ‘पोहोर धम्क्याएका थिए, अहिले मारिदिए,’ वीरेन्द्रले भने, ‘अवैध उत्खनन गर्ने माफियाले हत्या गरेर दुर्घटनाको रूप दिन खोजेका छन्।’

यसरी भयो घटना

शुक्रबार बिहान ४ बज्दै थियो। दिलीप महतो, रोशन यादव र वडा नम्बर ५ का अध्यक्ष श्याम यादवसँगै खोलातर्फ मर्निङ वाकमा निस्केका थिए। सडकमा आएपछि अध्यक्ष श्यामलाई धर्मेश्वर महतोले फोन गरे। धर्मेश्वरले श्यामलाई अतालिँदै भने, ‘मेरो घरअगाडि एकजना अपरिचित व्यक्ति मोटरसाइकलमा छ।’ वडाध्यक्ष श्याम धर्मेश्वरको घरतर्फ लागे। दिलीप र रोशन खोलातर्फ बढे। रोशनलाई सन्चो नभएकाले उनी बिस्तारै हिँड्दै थिए। दिलीप उनलाई उछिनेर खोलामा पुगे। पछिपछि आउँदै गरेका रोशन खोलानजिक पुग्दा दिलीपलाई टिपरले किचिसकेको थियो। वडाध्यक्ष श्यामले नागरिकसँग भने, ‘रोशन अतालिँदै कृष्णा भन्नेलाई फोन गरेर मलाई घटना जानकारी गराउन लगाएका थिए। जानकारी पाएलगत्तै खोला पुग्दा गाडी (टिपर) हिँड्ने लिक (बाटो) मा दिलीपको मृत शरीर थियो। चिच्याएर मान्छे जम्मा गरें। इन्सपेक्टर साबलाई घटना जानकारी गराएँ। खोलामा सञ्चालित क्रसर र अवैध उत्खननको विरोध गर्ने दिलीपलाई माफियाहरू मिलेर हत्या गरे।’

श्यामका अनुसार खोला किनारमा विपीन महतोले क्रसर उद्योग सञ्चालन र बेचन शर्माले खोलामा उत्खनन गर्दै आएका छन्। मेसिन (लोडर) प्रयोग गरेर भइरहेको अवैध उत्खनन रोक्न प्रहरी–प्रशासन र नगरपालिका मौन बस्दा निर्दोष युवक हत्याको सिकार हुनुपरेको अनिरुद्र महतोले बताए। ‘राज्यले रोक्नुपर्ने अवैध तथा गैरकानुनी धन्दा एक युवकले रोक्न खोज्यो,’ उनी भन्छन, ‘तर राज्यबाट सुरक्षा र संरक्षण नपाउँदा माफियाबाट मारियो।’

मिथिला नगरपालिका मेयर हरिनारायण महतोका अनुसार औरही खोला ठेक्का लागेको छैन। ‘यहाँबाट कसले÷कसरी उत्खनन गर्छ मलाई थाहा भएन्,’ उनले भने। अंग्रेजी नयाँ वर्षको छुट्टीमा घर आएका दिलीप पढाइका लागि भारतको भोपाल फर्कने तयारीमा थिए।

दाइलाई किचेर मारे : लक्ष्मी महतो

बिहान चार बजे दाइ (दिलीप) उठ्नुभएको थियो। म पनि सँगै उठेकी थिएँ। दाइ रोशन यादव (साथी), श्याम (वडाध्यक्ष) सँगै घुम्न निस्किनुभयो। म घरमा पढ्न थाले। केहीबेरमै रोशनले दाइको हत्या भएको खबर सुनाउनुभयो। वडाध्यक्ष श्याम घरमै बुबालाई लिन आउनुभयो। बुबा उहाँसँगै मोटरसाइकलमा खोलातिर जानुभयो। म पनि दौड्दै खोला पुगेँ। खोला पुग्दा दाइको टाउको किचिएको देखेर त्यहीं ढलें। आफन्तले होसमा ल्याउँदा दाइको टाउको गम्छाले छोपिएको थियो। मेरो दाइको हत्या गर्ने क्रसर सञ्चालक विपीन महतो हुन्। उनले नै दाइलाई कुटपिट गरेर मारेपछि टिपरको चक्काले किच्याइदिएका हुन्। विपीनले पहिला पनि बुबालाई धम्क्याउँदै ‘छोरालाई विरोध गर्नबाट रोक्नुस् नभए चक्का तल हालेर किच्याइदिन्छु,’ भनेका थिए। हामीले त्यो धम्कीलाई गम्भीरतापूर्वक लिएनौं। आखिर त्यो धम्की सत्य साबित भयो। (लक्ष्मी किचेर मारिएका भनिएका दिलीप महतोकी बहिनी हुन्।)
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस