काठमाडौं – अस्ट्रेलियामा भएको भीषण आगलागीबाट मृत्यु भएका करोडौं प्राणीको शान्तिका लागि शुक्रबार बौद्धमा पूजा गरिएको छ। अस्ट्रेलियामा भएको दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरूले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पूजा गरिएको हो।
उक्त आगलागीबाट मृत्यु भएको सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको समितिका अध्यक्ष टीका शेर्पाले बताए। केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठूलो धनजनको क्षति भएको थियो। सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ। समितिले बौद्ध दर्शनको महत्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ।