भक्तपुर – भक्तपुर नगरका चोकचोकमा माटाका पुराना भाँडा फुटाएर शुक्रबार छ्याला पुन्ही (पूर्णिमा) मनाइएको छ। यसलाई स्थानीयले मिला पुन्ही (पूर्णिमा) पनि भन्ने गरेका छन्। यो पर्व हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ।
यस दिनमा स्थानीयले नजिकको चोकमा लगेर आफ्नो घरमा भएका काम नलाग्ने माटाका भाँडा फुटाउने चलन छ। स्थानीय रामप्यारी सुवाल अरू सवै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका माटाका भाँडाकुँंडा फाल्ने, फुटाउनेबाहेक अरू केही नहुने सुनाउँंछिन्। परम्पराअनुसार एकाबिहानै खासगरी महिलाहरूले घरमा काम नलाग्ने घ्याम्पो, घैंटो, फिल्टर, कप, बाटा, तपेसलगायत माटोबाट बनेका पुराना भाँडाकुँंडा फुटाउने गरिन्छ। स्थानीयका अनुसार भक्तपुरमा एउटा भोज खाने र अर्काे नखाने दुईथरीका पर्व हुन्छन्। उनीहरूका अनुसार छ्याला पुन्हीका दिन कुनै घरमा भोजभतेरका लागि परिकार पाक्दैन र खाँंदैन पनि।
कला संस्कृति भजन महागुथिका अध्यक्ष संस्कृतिविद् जननीप्रसाद मूलका अनुसार खासगरी नेवार समुदायमा माटाका भाँडा वर्षमा एकपटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ। उनका अनुसार माटाका भाँडा छ्याला पुन्हीको दिन फाल्ने र दसैंका दिन भित्रयाउने परम्परा रहेको उनी सुनाउँंछन्। पुराना, चर्केका, फुटेका भाँडाकुँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकाले वर्षमा एकपटक छ्याला पुन्हीको दिन तिनलाई चोकमा फाल्ने चलन चलेको हो। पर्वलाई जीवन्तता दिन सके एकातिर परम्परागत भाडाकुँंडा बनाउने पेसा जगेर्ना हुने र अर्काेतिर संस्कृति जीवन्त हुने उनको विश्वास छ। नेवारी सभ्यताको थालनी भएदेखि नै यो प्रचलनको विकास भएको उनी जनाउँछन्। यस अवसरमा बिहान देवदेवीको पूजा गर्ने, विभिन्न खोलामा मेला लाग्ने, तीर्थ भर्ने र खोलामा गई नुहाउने परम्परा छ।