अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु
०४ माघ २०७६
•
६ मिनेट पाठ
अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु
काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबुधाबीमा भएको बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु भएको छ।




स्थानीय समय अनुसार बिहीबार भएको दुर्घटनामा रोजगारीका लागि अबुधाबी पुगेका नेपालीको मृत्यु भएको हो। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार दुर्घटनामा मृत्यु भएका ६ मध्ये तीन नेपाली महिला रहेको पुष्टि भएको छ। मृत्यु हुनेमा झापाकी कृष्णा अधिकारी, प्युठानका भावना कुँवर र बाराकी अमिसा मोक्तान रहेको नेपाली राजदूतावासले जनाएको छ। मृत्यु हुने अन्यमा पाकिस्तानी बस चालक र श्रीलंकाका महिला रहेको बताइएको छ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन्। घाइतेहरूको अबुधाबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा चितवनकी निर्मला प्रजा, सुजला विश्वकर्मा, मनकवानपुरकी रीता सिवाकोटी, मिना सिंह, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्।

त्यस्तै, नुवाकोटकी सरिता तामाङ, सुनसरीकी वर्षा विश्वकर्मा पनि घाइते भएको दूतावासले जनाएको छ। अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। केही घाइते उपचारपछि कोठामा फर्किसकेको अबुधाबीमा काम गर्ने सञ्जय गुरुङले बताए। एमबिएम नामक कम्पनीमा काम गर्ने श्रमिक चढेको बस अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएको थियो। बसमा चालकसहित २४ सवार थिए। तीमध्ये २३ जना महिला थिए।

श्रम स्वीकृति लिएर तीन लाख ६३ हजार नेपाली कार्यरत युएईमा बेलाबेला विभिन्न दुर्घटनामा नेपालीले ज्यान गुमाउने गर्छन्। कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ। गत असोजमा पनि अबुधाबीमै सडक दुर्घटनामा परी ६ नेपालीले ज्यान गुमाएका थिए।

युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।

श्रम स्वीकृति लिएकाबाहेक युएईमा अरु एक लाख नेपाली अवैध तरिकाले काम गरिरहेको  अनुमान गरिन्छ। अवैध तरिकाले वैदेशिक रोजगारीमा गएका श्रमिक कुनै दुर्घटना वा अन्य समस्यामा परेको खण्डमा सरकारले उपलब्ध गराउने कुनै पनि सुविधा तथा बीमाको रकम पाउँदैनन्।

श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएको खण्डमा आफन्तलाई बैदेशिक रोजगार बोर्डले सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गर्छ। त्यस्तै बिरामी वा अंगंभग भएको खण्डमा बोर्डले नै सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ।

श्रम स्वीकृतिसँगै म्यादी जीवन बीमा गरेका कामदारको मृत्यु हुँदा बीमा कम्पनीहरूले करिब १५ लाख रूपैयाँ आफन्तलाई उपलब्ध गराउँछन्। वैदेशिक रोजगारीमा जाने हरेकलाई सरकारले अनिवार्य म्यादी जीवन बीमा गर्नुपर्ने नियम बनाएको छ। दुई वर्ष श्रम स्वीकृति जारी हुने गन्तव्य मुलुक जाने श्रमिकले उमेर अनुसार औसतमा चार हजार रूपैयाँ तिरेर म्यादी जीवन बीमा गर्नुपर्छ भने बोर्डको कल्याणकारी कोषमा एक हजार पाँच सय रूपैयाँ संकलन गर्नुपर्छ।

श्रमिक समस्यामा परेको खण्डमा बोर्डले कल्याणकारी कोषमा जम्मा भएको रकमबाट आर्थिक सहायता वितरण गर्ने गर्छ। तर, नेपालमा अझै पनि कतिपय युवायुवती श्रम स्वीकृति नलिई तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारीमा जाने र गन्तव्य मुलुकमा श्रम स्वीकृतिभन्दा बढी समय बस्दा आर्थिक सहायता पाउन कठिन हुने गर्छ।

वैदेशिक रोजगार विभाग र बोर्डका अधिकारीहरूले विदेश जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र म्यादी जीवन बीमा गर्न आग्रह गर्दै आए पनि कतिपयले युवायुवतीले त्यस्तो आग्रहलाई अटेरी गर्दै आएका छन्।

विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगेको छ। तीमध्ये करिब २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान छ। विभागले विदेश जानेको विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहेका श्रमिकको संख्या यकिन हुन नसकेको हो।

पछिल्ला केही वर्षयता वर्षमा करिब पाँच लाख नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन्। गत आर्थिक वर्ष नयाँ र पुराना गरी पाँच लाख युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।
अर्को समाचार
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
४० मिनेट अघि
•
१ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।




सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
यो पनि पढौँ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस