सर्दु जलाधारको अतिक्रमित जग्गा फिर्ता हुने
११ माघ २०७६
•
८ मिनेट पाठ
सर्दु जलाधारको अतिक्रमित जग्गा फिर्ता हुने
भूमाफिया र अतिक्रमणको चपेटामा परेको जलाधार क्षेत्र। तस्बिर : रोहित/नागरिक
धरान – सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा पनि सरकारको नाममा आउने भएको छ। मन्त्रिपरिषद्को बैठकले सोमबार गरेको उक्त निर्णयलाई धरानवासीले स्वागत गरेका छन्। उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत धरानवासीका जोड छ।




धरानको खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधारबाट मानव बस्ती हटाएर सरकारले सट्टाभर्ना दिए पनि तत्कालीन कर्मचारीहरूले लगतकट्टा नगर्दा जलाधारको सयौं बिघा जग्गा व्यक्तिकै नाममा थियो। यो सुइँको पाएपछि भूमाफियाहरूले कर्मचारी, राजनीतिकर्मीसँग सेटिङ मिलाएर जलाधारको जग्गा किनबेच गरिरहेका थिए। ‘आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र किर्ते, ठगी गर्नेहरूलाई कारबाही गर्ने पनि निर्णय भएछ। यो ज्यादै सकारात्मक र स्वागतयोग्य कुरा हो,’ जलाधार संरक्षणमा निरन्तर लागिपरेको जनसरोकार मञ्च नेपालकी उपाध्यक्ष तुलसा गुरुङले भनिन्, ‘यो निर्णय तत्काल कार्यान्वयनमा आउनुपर्छ। भविष्यमा कसैले पनि सरकारी, सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने हिम्मत नगरोस्।’

करिब दशकअघि जलाधार जोगाउ अभियानका संयोजकसमेत रहेका धरान उपमहानगरका मेयर तिलक राईले पनि सरकारको निर्णयको स्वागत गरे। यद्यपि निर्णय कार्यान्वयनको प्रक्रिया अझै प्रस्ट हुनुपर्नेमा उनले जोड दिए। ‘यो अत्यन्तै सकारात्मक निर्णय हो तर कसरी अघि बढ्छ, प्रक्रिया के हो भन्ने प्रस्ट रूपमा आउनुपर्छ,’ उनले भने। धरानको खानेपानीको प्रमुख स्रोत भएकाले जलाधार क्षेत्र संरक्षण हुनुपर्ने आवाज उनले उठाउँदै आएका छन्।

मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनमा किर्ते गरिएको र ठगी गरिएको विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयमार्पmत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि लेखिपठाउने निर्णय भएको छ। ‘सर्दु जलाधार क्षेत्रको डाँडाकाँडा मासिन लागिसके, यसमा संलग्न जोजो छन्, तिनीहरू सबैलाई कारबाही भएको हेर्न चाहन्छौं,’ उपाध्यक्ष गुरुङले भनिन्।

जलाधार जोगाउन विगतमा धरानमा अभियान चले पनि भूमाफियाहरूले स्थानीय राजनीतिक दलका नेताहरूकै आड पाएका थिए। जलाधारको जग्गा रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका उनीहरूले सट्टाभर्ना (मुआब्जा) पाएको प्रमाणसमेत लुकाएर करिब ४२ बिघा जग्गा फुकुवा गराएका थिए। भूमाफियाहरूलाई लाभ पुग्नेगरी राजनीतिक सहमतिका नाममा धरानका दलहरूले करिब पाँच वर्षअघि केही जग्गा लगतकट्टा गर्ने र केही जग्गा भोगचलन गर्न दिने निर्णयसमेत गरेका थिए। यो निर्णयपछि नै जलाधारको छोटी मोरङलगायत क्षेत्रमा व्यापक जग्गा प्लटिङ र किनबेच भएको थियो। सर्वाेच्चको फैसला र दलहरूको यो सहमतिविरुद्ध प्रमाणसहित जनसरोकार मञ्चले तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै सर्वोच्चमा रिट दायर गरेको छ। उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ।

गत वर्ष धरानकी कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीले छोटीमोरङ क्षेत्रको जलाधारको जग्गा किनबेच सिफारिस रोक्का गरेकी थिइन् भने उनले नै जाँचबुझ आयोगमा छानबिनका लागि निवेदनसमेत दिएकी थिइन्। भूमाफियाहरूले सिफारिस दिन चर्को दबाब दिए पनि उनले नमानेपछि केही भूमाफियाले उपमहागनरपालिकाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दासमेत हालेका छन्। यो मुद्दा पनि विचाराधीन छ।

सरकारले २०७६ जेठ ६ गते सरकारी सार्वजनिक तथा गुठी जग्गा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले धरानको सर्दु जलाधार क्षेत्रमा सरकारको नाममा हुनुपर्ने जग्गा व्यक्तिले हडपेको विषयलाई पनि छानबनिको दायरामा ल्याएको थियो। २०३३ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले धरानको खानेपानीको स्रोत रहेको जलाधार क्षेत्रका बासिन्दालाई सट्टाभर्ना दिएर संरक्षण गर्न निर्देशन दिएका थिए। सोही निर्देशनबमोजिम जलाधार क्षेत्रका बासिन्दालाई मोरङको बयरवन क्षेत्रमा सट्टाभर्ना (मुआब्जा) दिएर बस्तीलाई स्थानान्तरण गरे पनि लगतकट्टा नगर्दा दुवैतिर जग्गा फाइदा लिएको र अहिले त्यही कमजोरीको फाइदा लिएर भूमाफियाहरुले अतिक्रमण, किनबेच गरिरहेको प्रतिवेदन आयोगले दिएको थियो।

आयोगका अनुसार तीन सय ४८ बिघा जग्गा सरकारीकरण हुन बाँकी छ। आयोगले सर्वोच्च अदालतमा सट्टाभर्ना पाएको प्रमाण पेस नगरी रोक्का फुकुवा गराएको छोटीमोरङ डाँडासहित जलाधारको ४२ बिघा जग्गाको प्रमाण रहेको भन्दै तत्काल लगतकट्टा गरी सरकारका नाममा ल्याउन सुझाव दिएको थियो। ‘सरकारको निर्णय स्वागतयोग्य छ तर अझै चुप लागेर बस्ने अवस्था छैन। निर्णय कार्यान्वयनमा जानुपर्छ। कतै शिथिलता हुन्छ कि भनेर सबै पक्षबाट खबरदारी गर्नुपर्छ,’ आयोगका संयोजक मोहनरमण भट्टराईले नागरिकसँग भने, ‘अदालतबाट रोक्का फुकुवा गराएको जग्गा (४२ बिघा) को सट्टाभर्ना पाएको छ, त्यो जग्गा तत्काल सरकारको नाममा ल्याउन प्रतिवेदनमा भनेका छौं।’ प्रस्ट भएको जग्गा सरकारका नाममा ल्याउन थालेपछि चलखेल गर्नेहरू निरुत्साहित हुँदै जाने भएकाले निर्णय कार्यान्वयनमा जानुपर्ने उनले बताए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस