सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई उपचारमा आर्थिक सहायता प्रदान गर्ने नीति लिएपछि स्थानीयले लाभ लिन थालेका छन्। पालिकाले ६ प्रकारका रोगका बिरामीलाई उपचारमा सघाउँदै आएको छ। मुटु, मिर्गौला, मेरुदण्ड, क्यान्सर, मष्तिस्कघात र दीर्घरोगका बिरामीलाई रोगको जटिलताका आधारमा आवश्यक रकम उपलब्ध गराउँदै आएको अध्यक्ष जिसीले बताए।
‘१० हजार रुपैयाँसम्म अध्यक्षको एकल तोकआदेशमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘त्योभन्दा बढी सहायता दिनुपर्दा कार्यपालिकाको बैठकबाट निर्णय गराउँछौं,’ बिरामीले २ लाख रुपैयाँसम्म उपचार अनुदान सुविधा पाएको उनले जानकारी दिए। पालिकाले बिरामी उपचार अनुदानलाई व्यवस्थित र कानुनी मान्यता प्रदान गर्न औषधि, उपचार सहायता कार्यविधि नै बनाएको छ।
गत आवमा गाउँसभाबाट यो कार्यविधि पारित भई कार्यान्वयनमा आएयता हालसम्म दुई सयभन्दा बढी बिरामीले उपचार खर्च पाएका छन्। औषधि र उपचार सहायतामा झन्डै २० लाख रुपैयाँ खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले बताए। उनका अनुसार सम्बन्धित बिरामीको निवेदन र चिकित्सकको रोग प्रमाणित सिफारिस पत्रका आधारमा उपचार अनुदान दिइने गरिएको छ। ‘केही बिरामीका निवेदन निर्णय हुनै बाँकी छन्,’ बस्नेतले भने।
स्तन क्यान्सरपीडित स्थानीय लक्ष्मी घतानीले गाउँपालिकाबाट २ लाख रुपैयाँ उपचार अनुदान पाएकी थिइन्। भारतमा हालै उपचार गराएर फर्केकी उनले अनुदानले ठूलो सहयोग पु-याएको बताइन्। उपचारमा उनले झन्डै २० लाख रुपैयाँ खर्चेकी थिइन्। उनी कार्यपालिका सदस्य पनि हुन्। गाउँपालिकाले रोगको प्रकृति र जटिलताका आधारमा थोरै वा धेरै रकम सहयोग गर्दै आएको छ। ‘रकम थोरै भए पनि अभावमा पीडितले ठूलो राहत महसुस गरेका छन्,’ अध्यक्ष जिसीले भने, ‘उनीहरूले आफूहरूको साथमा स्थानीय सरकार रहेको अनुभव भएको सुनाउने गरेका छन्।’