पूर्वसचिवकी पत्नीको हत्या, झुन्डिएको अवस्थामा कामदार
२८ माघ २०७६
•
६ मिनेट पाठ
पूर्वसचिवकी पत्नीको हत्या, झुन्डिएको अवस्थामा कामदार
हत्या गरिएकी मुना कार्की
काठमाडौं – पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्। उनी प्रायः बिहानभरि घरै हुन्थिन्। उनको घरमा २२ वर्षीय विजय चौधरी नौ वर्षदेखि कामदारका रूपमा बस्थे।




पशुपतिनाथ दर्शन र साथीभाइसँग केहीबेरको भेटघाटपछि कार्की करिब सवा ११ बजेतिर घर आइपुगे। घर आइपुग्दा मूलढोका बन्द भएकाले कार्कीले घन्टी बजाए। कोही बोलेनन्। जोडजोडले ढक्ढक्याउँदा पनि ढोका खुलेन। अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चिहाउँदा भयानक दृश्य देखियो। रगत लतपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रुन–कराउन थाले। छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे। ‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए। थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे। दुई समय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै कार्कीको घरमा पुग्यो।

प्रहरीको सहयोगमै भान्साकोठामा क्षतविक्षत अवस्थामा फेला परेकी मुनालाई ११ः४० मा स्टार अस्पतालमा पु-याइएको थियो। तर अस्पतालले उनको बाटामै मृत्यु भइसकेको बतायो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार मुनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। चिर्पट र पिर्का पनि कुटपिटमा प्रयोग भएको प्रहरीले जनाएको छ। ‘कामदारले नै हत्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी तामाङले भने, ‘उसले किन हत्या ग-यो भन्नेचाहिँ अलि रहस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ उनका अनुसार मृतक महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो।

‘कामदारले नै हत्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी सन्तोष तामाङले भने, ‘उसले किन हत्या ग-यो भन्नेचाहिँ अलि रहस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ –सन्ताेष तामाङ, डिएसपी

‘घटना कसरी भयो भन्ने थाहा भएन। नजिकै बसेर पनि रोएको र चिच्याएको आवाज सुनिएन। भान्सामा मुना रगताम्मे अवस्थामा थिइन्। कामदार पाहुना राख्ने कोठामा झुन्डिएको अवस्थामा थिए,’ छिमेकी दानबहादुरले भने। उनका अनुसार घरमा कामदार र परिवारबीच कुनै मनमुटाव भएको जानकारी थिएन। दुई वर्षअघि भने विप्लव नेतृत्वको टोलीले कार्कीको घरमा चोरी गरेको थियो। चोरीपछि प्रहरी प्रभाग सानेपा र पूर्वसचिव कार्कीको घरको बीचमा सिसी क्यामेरा जडान गरिएको थियो। हत्या भएको दृश्य सिसीटिभीका पनि रेकर्ड भएकाले प्रहरीले सोमबार फुटेज हेरेको थियो। फुटेजमा कामदार चौधरीले एकोहोरो कुटपिट गरिरहेको दृश्य देखिएको छ। दृश्यमा घाँटी कसेको, कुटपिट गरेको र भुइँमा लडाएको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि चौधरीले सोही तलाको अर्को कोठामा गएर आत्महत्या गरेको प्रहरीको अनुमान छ। हत्यापछि आत्महत्या गरेका कामदारका चौधरीको घर दाङ हो। उनले घरको कामसँगै गाडी सिक्दै थिए। कार्कीका दुई छोरी र एक छोरा छन्। छोरीहरू विदेशमा बस्छन्। १२ वर्षीय छोरा युलेन्स स्कुलमा कक्षा ७ मा पढ्छन्।

नौ वर्षअघि कसैले १३ वर्षीय चौधरीलाई दाङबाट काठमाडौं ल्याई एक अनाथालयमा राखेको थियो। रङ लगाउने एक कामदारले पूर्वसचिव कार्कीको घरमा कामदारका रूपमा चौधरीलाई ल्याइदिएका थिए। अनाथालयमा बसेर कक्षा ६ सम्म पढेको चौधरीलाई कार्कीले त्यसभन्दा माथि पढाएनन्। घरमा सामान्य काम गर्ने र हेरचाह गर्ने जिम्मासहित कार्कीले उनलाई राखेका थिए। ‘कार्की परिवारसँग बस्दा चौधरी खुसी नै थिए। घरमा त्यस्तो नराम्रो व्यवहार गरेको पनि देखिँदैनथ्यो,’ छिमेकी दानबहादुरले भने, ‘त्यत्रो वर्ष त्यही बसेर यो अवस्थामा आइपुग्दा उनले किन त्यस्तो निर्णय गरे थाहा भएन।’ उनका अनुसार चौधरीका बाबुआमा को हुन् भन्ने विवरणसमेत खुलेको छैन।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस