कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित
११ फागुन २०७६
•
७ मिनेट पाठ
कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित
सिओलमा मास्क लगाएर मेट्रोमा यात्रा गर्दै यात्री। तस्बिर : प्रशान्त लामिछाने
काठमाडौं - कोभिड–१९  भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ।  कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्। सिओलदेखि ३ सय किलोमिटर दक्षिणको थेगु सहरमा कोरोना भाइरस पुष्टि भएका व्यक्तिको संख्या दुई गुना भएपछि नेपाली समुदाय त्रसित रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जनराज कुँवरले बताए। 'थेगु र आसपासमा मात्र करिव ७ हजार नेपाली छन्', उनले भने, 'संक्रमणदर एक्कासी बढेपछि त्रास फैलिएको छ।'




समाचार एजेन्सी एएफपीका अनुसार शुक्रवारसम्म २०४ व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भएकोमा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको छ। न्यूयोर्क टाइम्सका अनुसार आइतबार विहानसम्म ५५६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। थेगु नजिकैको सहर छाङदो थेनाम अस्पतालमा दुई र अन्य स्थानमा गरेर ४ जनाको मृत्यु भइसकेको छ भने १९ जना उपचारपछि घर फर्केका छन्। संक्रमित हुनेहरु आधा भन्दा बढी थेगुको सिन्चेन्जी चर्चका सदस्य र उनीहरुका आफन्त रहेका छन्।

कोरियाको सुवानमा रहेका अमृत लामिछानेका अनुसार अति व्यस्त हुने ठाउँहरु यतिबेला सुनसान छन्। नेपालीको जमघट हुने ठाउँहरु पनि अहिले शून्यप्राय रहेको उनले बताए। पर्यटकहरुले चहलपहल हुने सिओलको म्याउँदोङमा अहिले सुनसान जस्तै छ। रेष्टुरेन्ट तथा पसलहरु पनि फाट्टफुट्ट मात्रै खुलेको देख्न सकिन्छ।

कोरियामा विद्यावारिधी गरिरहेकी कमला केसीका अनुसार सपिङ मल, ट्रेन स्टेसन पनि सुनसान जस्तै रहेका छन्। होटल तथा विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। विमानस्थल, होटल, सपिङ मलहरुमा प्रवेश गर्दा शरिरको तापक्रम दिनु अहिले कोरियमा अनिवार्य बनेको उनले बताइन्। होटलमा बस्नेहरुलाई बाहिरबाट भित्र प्रवेश गर्दा अनिवार्य तापक्रम लिने र शंका लागेमा उपचारमा पठाउने गरिएको छ।



कोरियाको एक होटलमा राखिएको सूचना

कम्पनीहरुले थेगुमा कामदारहरुलाई सतर्क बनाएका छन्। कम्पनीले कामदारलाई बाहिर निस्कँदा सचेत रहन भनेको छ। थेगु महानगरपालिकाले त्यहाँ रहेका नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेत गराएको  अध्यक्ष कुँवरले बताए। संक्रमणको डरले हिँडडुल मा कमी आएको छ। नेपालीहरुको जमघट हुने दोङदेमुन क्षेत्रमा नेपालीहरुको चहलपहल निकै कमि रहेको कुँवरले बताए।

कोरियाका स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन्। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग रहेको छ। चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

समाचार एजेन्सी एएफीका अनुसार चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको छ। चीनबाहिर २८ देशमा १५ सय  जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने शनिबारसम्म आठ जनाको मृत्यु भएको छ। शनिबार मात्रै दुई नयाँ देश लेवनान र इजरायलमा पनि कोरोना भाइरसका विरामी भेटिएका छन्।    



ईपीएसबाट कोरिया आएकाको भिसा ५० दिन थपिने


कोरोना भाइरसको संक्रमण बढेपछि कोरियाले भिसामा नयाँ व्यवस्था गरेको छ। भिसा अवधि सकिएर घर फर्कन लागेका कामदारलाई थप ५० दिन बस्न अनुमति दिने नयाँ नियम ल्याइएको हो। कोरियाको न्याय मन्त्रालयले कामदारको रुपमा आएकाहरुको भिसा थप गर्ने शुक्रबार निर्णय गरेको हो। कोरोनाका कारण अहिले ईपीएसबाट कोरिया आउनु पर्ने कामदार आएका छैनन्। भिसा थप्न चाहनेहरुले अनलाईन वा अध्यागमन कार्यालयबाट सुविधा लिन सक्ने न्याय मन्त्रालयले जनाएको छ।

विरामीको कानुनी हैसियत नसोधिने, ग्रैह कानुनीलाई स्वदेश नफर्काइने


नेपाली दूतावास दक्षिण कोरियाले नेपालीहरुलाई सचेत हुन आग्रह गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोले अझ बढि सजग र सचेत हुन भनेको छ। कार्यावाहक राजदूत रामसिंह थापाका अनुसार कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेकाहरु समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा परिक्षण र उपचार गराउन सक्ने छन्। कोरियाको अध्यागमन विभागले उपचारको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियतबारे नसोध्न समेत अस्पताललाई निर्देशन दिएको छ। यसबारे नेपाली दूतावास कोरियालाई अध्यागमन विभागले माघ १५ गते लिखित पत्र समेत पठाएको छ।  
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5e5222a749b11.jpeg
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस