कोरोनाको डरले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय
२४ फागुन २०७६
•
७ मिनेट पाठ
कोरोनाको डरले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय
धनगढी – कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन भन्दै धनगढी उपमहानगरपालिले उपमहानगरभित्रका सबै शैक्षिक संस्था बन्द तथा आसन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान सरोकारवालासँगको छलफलपछि उपमहानगरपालिका परीक्षा स्थगित गरी फागुन २५ गतेदेखि सबै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको नगरप्रमुख नृपबहादुर वडले बताए।




नेपालका छिमेकीसहित विश्वका विभिन्न देशमा कोरोना भाइरस दिन–प्रतिदिन फैलिरहेकोले सो अवस्थाबाट जोगिन सरोकारवालासँग गरिएको छलफल तथा सुझावअनुसार सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। ‘सामुदायिक तथा संस्थागत विद्यालय एवं सम्पूर्ण शिक्षण संस्थामा सञ्चालन हुने परीक्षा, पठनपाठनलगायत सम्पूर्ण क्रियाकलाप अर्को सूचना जारी नभएसम्मका लागि फागुन २५ गतेदेखि बन्द गर्ने निर्णय गरिएको,’ उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

नगरमा फागुन २८ गतेदेखि परीक्षा सञ्चालन गरेर चैत ५ गतेबाट बन्द गर्न धेरै विद्यालयले तयारीमा गर्दैगरेका बेला धनगढी उपमहानगरपालिकाले यो निर्णयले नगरको वार्षिक शैक्षिक कार्यतालिका तथा शैक्षिक सत्र प्रभावित हुने अवस्था सिर्जना भएकोप्रति सरोकारवालाहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्। नगरमा कोरोना संक्रमित फेला परिनसकेको अवस्थामा परीक्षासमेत स्थगित गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारको काम भएको उनीहरूको प्रतिक्रिया छ।

नगरमा कोरोना संक्रमित फेला परिनसकेको अवस्थामा परीक्षासमेत स्थगित गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारको काम भएको सरोकारवालाहरूको प्रतिक्रिया छ।

‘यहाँ कोरोना भाइरसको केस देखिएर भयावह अवस्था भइसकेको होइन्, चाँडै परीक्षा सञ्चालन गरेर शिक्षालयहरू बन्द गर्दा पनि हुन्थ्यो,’ कैलालीका बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर हेमराज पन्तले भने, ‘अहिले नै शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारमा भएको छ।’ धनगढी इन्जिनियरिङ कलेज नास्टका प्रमुख शिवहरि मुढभरी पनि मुखैमा आएको परीक्षालाई बाधा गरेर धनगढी उपमहानगरपालिकाले शिक्षालय बन्द गर्ने निर्णय गर्नु उपयुक्त नभएको बताउँछन्। ‘अहिले त्यस्तो भयावह अवस्था भइनसकेको बेला परीक्षासमेत हेम्पर गरेर विद्यालय बन्द गर्ने निर्णयको म समर्थन गर्न सक्तैन,’ उनले भने, ‘म त भोलि, पर्सि कलेज र विद्यालय सञ्चालन गर्छु।’ कक्षा ११ र कक्षा १२ को वैशाखमा हुने परीक्षाको फागुन २८ गतेदेखि प्रयोगात्मक परीक्षा हुने भएकाले धनगढी उपमहानगरपालिकाको निविद्यालय बन्द गर्न नसकिने उनको भनाइ छ। ‘एसइईको कुरो छ, कक्षा ११, कक्षा १२ को परीक्षाको कुरो छ, यो उपमहानगरपालिकाले निर्णय गरेर हुने कुरा होइन,’ उनी भन्छन्, ‘आफ्नो क्षेत्रको वस्तुस्थिति अवगत गराएर राष्ट्रिय परीक्षा बोर्डबाट नै परीक्षा स्थगित गराए मात्र कार्यान्वयन हुन्छ।’

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले कोरोनाबाट जोगिन विद्यालय बन्द गर्ने निर्णय सही भए पनि विद्यालयमा पर्सिदेखि सञ्चालन हुने भनिएका परीक्षा स्थगित गरेर विद्यालय बन्द गर्ने निर्णयमा सहमत हुन नसकिने बताए।

‘सरोकारवालासँग विस्तृत छलफल गरेर परीक्षा सकिएपछि शिक्षालय बन्द गर्ने निर्णय गर्नुपथ्र्यो,’ उनले भने, ‘हतारिएर तयारीमा रहेको परीक्षा रोकेर शिक्षालय बन्द गर्ने निर्णयमा सहमत हुन सकिँदैन।’ अभिभावक, विद्यार्थी र नागरिक समाजका अगुवालगायतले पनि धनगढी नगरपालिकाले परीक्षा स्थगित गरेर विद्यालय बन्द गर्न गरेको निर्णय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।

सभा–सम्मेलनमा रोक

उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी गराउन प्रकाशित विज्ञप्तिमा हात नमिलाउन, दुई मिटर टाढा बस्न, मास्क लगाउन, साबुन–पानीले कुहिनासम्म हात धुन र केही दिनलाई पुग्ने गरी घरमा खाद्यान्न जोह गर्न अनुरोधसमेत गरिएको छ। उपमहानगरपालिकाले सभा–सम्मेलन, भेला तथा भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह पनि गरेको छ।

‘धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै किसिमका वार्षिकोत्सव, भेला, सम्मेलन, सभा, महोत्सव, उत्सवका साथै भिडभाड हुने किसिमका कार्यक्रम आयोजना नगर्न हुन सबैमा अनुरोध गरिन्छ,’ नगरप्रमुख वडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

सुदूरपश्चिमका ८८ वटा स्थानिय तहमध्ये धनगढी एकमात्र उपमहानगरपालिका हो। प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा प्रदेशसभा सचिवालय, प्रदेश सरकारका मन्त्रालयलगायत कार्यालय रहेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३२ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस