रमेश खतिवडा, चरिकोट, मंसिर १८ - दोलखाको जिरी गाविस १, कलंक भन्ने स्थानमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। घटनामा परी २ घाइते भएका छन्।
जिरी बजारबाट जिरी गाविसकै कलंक भन्ने स्थानमा जाँदै गरेको बा.२.ख ९९१ नं को मालबाहक ट्रक शनिबार बिहान दुर्घटना हुदा त्यसमा सवार मिर्गे गाविस ९ का अन्दाजी २१ बर्षिय मिङमा शेर्पा र उनकी अन्दाजी १९ बर्षिय श्रीमती टुकु लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। त्यस्तै उपचारका क्रममा डुक्पा शेर्पाको मृत्यु भएको छ।
घटनामा परी घाइते भएका थप दुईको जिरी अस्पतालमा उपचार भइरहेको जिल्लाका प्रहरी प्रमुख, डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए।