दुई वर्षमा पनि भएन पाँच प्रतिशत काम
२८ फागुन २०७६
•
७ मिनेट पाठ
दुई वर्षमा पनि भएन पाँच प्रतिशत काम
पस्तावित काठमाडाैं भ्यु–टावर
काठमाडौं – आफैं प्रहरी कार्यालयमा उपस्थित भएका, पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यु–टावरका विवादास्पद ठेकेदार मनोज भेटुवालमाथि अनुसन्धान थालिएको छ। उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका थिए। उनीमाथि आर्थिक अनियमितता र चेक बाउन्स कारोबारसम्बन्धी मुद्दा परेपछि प्रहरीले त्यहींबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत लगेर सात दिनको म्याद थप गरी कारबाही अघि बढाएको हो।




७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उच्चअदालत पाटनले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार भेटुवालले एक व्यक्तिको ७५ लाख ठगी गरेको मुद्दा परिसरमा दायर भएको थियो। त्यसयता उनी प्रहरीको खोजी सूचीमा परेका थिए। प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि उनी साता दिनअघि भारतमा लुकेर बस्दै आएको प्रहरीको आशंका छ। ‘बैंकिङ कसुर र ठगी मुद्दामा कारबाही हुन्छ, यसअघि अन्य मुद्दा पनि परेकाले हामीले अनुसन्धान गर्छौं,’ प्रवक्ता बोगटीले भने।

साउन १५ मा काठमाडौं जिल्ला अदालतमा ठेकेदार मनोज भेटुवाललगायत विरुद्ध चार करोड ६० लाख ४२ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको थियो। त्यसयता भेटुवाल प्रहरीबाट जोगिँदै हिँडेका थिए।

बैंकमा आवश्यक रकम नभएको चेक दिएर (चेक बाउन्स) ठगी गरेको भन्दै भेटवालविरुद्द चन्द्र तामाङले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। यसअघि ठेकेदार भेटुवाल बैंक घोटाला काण्डमा मुछिएका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्बभन्दा बढी रकम घोटालाबारे छानबिन गरेको थियो। यसबाहेक उनी पटक–पटक आर्थिक अनियमिततामा मुछिँदै आएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनको कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकोइको’ ले शंकास्पद कारोबार गरेका उदाहरण देखिएकाले उनको कम्पनीमाथि पनि अनुसन्धान हुनेछ।

गत साउन १५ गते राजश्व अनुसन्धान विभागले भेटुवालसहित चार जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालतमा भेटुवाल, राजकुमार बिष्ट, निशा गुरुङ र शिव बिष्टविरुद्ध चार करोड ६० लाख ४२ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको थियो। त्यसयता भेटुवाल प्रहरीबाट जोगिँदै हिँडेका थिए। यसबाहेक भेटुवालले खुलामञ्चमा अवैधानिक रूपमा सटर निर्माण गरी बिक्री गरेका थिए। चर्को विरोध र आलोचनापछि काठमाडौं महानगरपालिकाले डोजर चलाएर ती सटर भत्काइदिएको थियो। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा भेटुवालले चार करोड ६० लाखभन्दा बढी रकम रकम हुन्डी गरी अवैध रूपमा नेपाल ल्याएको भेटिएको थियो। यति धेरै अवैध काम गरे पनि उनी कारबाहीबाट भने उम्किँदै आएका थिए।

भ्यु–टावर निर्माणको ठेक्का पाएका भेटुवालले दुई वर्ष नाघिसक्दा पाँच प्रतिशत पनि निर्माण कार्य नगरेको पाइएको छ। महानगरपालिकाका अनुसार हालसम्म भुइँतलाको आधा कामसमेत सकिएको छैन। क्षेत्रफलका हिसाबमा हालसम्म भएको कार्य प्रगतिलाई पाँच प्रतिशत पनि मान्न नसकिने महानगरपालिकाले जनाएको छ। काम थालनी गरेर निरन्तरता नदिएको र ठेक्का सम्झौताविपरीत देखिएपछि यसअघि महानगरपालिकाले उनीमाथि खबरदारी गर्दै आइरहेको थियो।

फागुन ७ गते उनले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर तोकिएको समयमै भ्यु–टावरको काम सक्ने बताए पनि हालसम्म पाँच प्रतिशतसमेत काम नसकिएकाले भ्यु–टावरको काम अन्योलमा पर्ने देखिएको हो। महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालले सम्झौताअनुसार काम नभएर कारबाही हुने बताए। उनका अनुसार पाँचभित्र निर्माण कार्य सक्नेगरी २०७३ फागुन सम्झौता भएको थियो। तीन अर्ब लगानीमा बन्ने भ्यु–टावरको काम सुरुवातका लागि २०७४ भदौमा महानगरबाट नक्सा पास भएको थियो। काम थाल्नुअघि हरेक वर्ष महानगरलाई दुई करोड भाडा बुझाउने र हरेक वर्षमा १० प्रतिशतका दरले भाडा बढ्ने सम्झौता भएको थियो। सम्झौताअनुसार ३० वर्षपछि ठेकेदार कम्पनीले भ्यु–टावर महानगरलाई हस्तान्तरण गर्नेछ। ‘राम्रो गरेको भए त एक–दुईपल्ट म्याद थपिनु ठूलो कुरा भएन,’ ढकालले भने, ‘अहिलेसम्मको कार्य प्रगति हेर्दा सन्तोषजनक छैन।’
अर्को समाचार
मुग्लिन–मलेखु सडक : तीन वर्षमा आधा पनि भएन काम
२९ साउन २०८३
•
२ मिनेट पाठ
मुग्लिन–मलेखु सडक : तीन वर्षमा आधा पनि भएन काम
पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ।




करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर  स्तरोन्नतिको काम अघि बढाइएको थियो।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ।

आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म १८ किलोमिटर कालोपत्रेसहित ४६ प्रतिशत प्रगति भएको छ।

हाल बर्खाको समय भएकाले अबको केही दिनपछि मात्रै काम अघि बढ्ने उनले बताए। सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ।

दुई वटा पुलको स्ट्रक्चरको काम भइरहेको छ। मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा केही समय काममा ढिलाइ भएको हो।

बिजुलीका पोल अझै सार्न बाँकी रहेको र निर्माण सामग्री समयमा नपाउँदा समयसीमाभित्र जिम्मेवारी पूरा गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ।

पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ बनाएको जानकारी दिँदै सूचना अधिकारी मिश्रले भने, ‘विभिन्न कारणका बाबजुत निर्माण कम्पनीले कालोपत्रेका लागि दुईवटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि ढिलाइ भएको हो।’ अब वर्षात सकिएसँगै कामलाई तीव्रता दिइने उनी बताउछन्।

कूल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा विसं २०८२ पुस १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धताकासाथ शर्मा–जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको छ।

त्यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ। सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस