बरुण पनेरु, डडेल्धुरा, मंसिर २२- एक सातायता सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक २० घन्टा लोडसेडिङ हुन थालेको छ। टनकपुरको स्टेसनमा खराबी आएका कारण पहाडी जिल्लामा पूरा बिजुली आपूर्ति गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्र अत्तरियाले जनाएको छ।
'पहाडी जिल्लाका सबै लाइन अत्तरियाबाट काटिन्छ,' नेपाल विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख नरी चन्दले भने, 'टनकपुरको मर्मत नसकिएसम्म यस्तै हुन्छ।' अहिले दैनिक पाँच पटक बिजुली आउने-जाने क्रम चलिरहेको छ।
टनकपुर-नेपाल लाइनको १३२ केभी ट्रान्सफर्मर तथा अन्य उपकरण मर्मतसम्भार भइरहेको प्राधिकरणले जनाएको छ। लामो लोडसेडिङका कारण पहाडी जिल्लामा पत्रपत्रिका, एफएम बन्द हुने अवस्थामा पुगेका छन्। 'यति लामो समयम लोडसेडिङ भएको पहिलोपटक हो,' स्थानीय दीपक महरले भने, 'एक सातादेखि बत्ती बाल्नै पाइएको छैन।'
लामो लोडसेडिङले कतिपय कम्प्युटर इन्स्टिच्युट, कारखाना, मिल, फोटोकपीलगायत पसल एवं क्याम्मसका बिहानी कक्षासमेत बन्द भएका छन्।