लकडाउनमा खेतीपाती गर्न व्यस्त किसान
०८ वैशाख २०७७
•
८ मिनेट पाठ
लकडाउनमा खेतीपाती गर्न व्यस्त किसान
तरकारी उत्पादन गरिएको अमरगढी नगरपालिका–१ डोला क्षेत्र ।
डडेल्धुरा- कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।

चाँडपर्वका बेला घर फर्कनेहरु अरु समयमा घुमघाममै बढी समय व्यतित गर्ने गरेका थिए । अहिले लकडाउन भएकाले बजार तथा गाउँ जान नपाईने भएपछि अध्ययन, रोजगारीका लागि बाहिरबाट घर फर्किएका अधिकांश स्थानीयले खेतबारिमा समय विताउने गरेका छन् ।

जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका वडा नं.८ बकण्डेका किसानहरुले लकडाउनको फाईदा उठाउँदै आफ्नो बारीमा फूलकाउली, काउली, भेडेखुर्सानी, टमाटर,लसुन, प्याज, मूला गाँजर र हरियो तरकारी तथा मसलाजन्य वाली लगाई आम्दानीको स्रोत बनाएका छन् । गाउँमा रहेका १५ परिवारले तरकारी वालीमा समय दिएकाले यस वर्ष एक सय क्वीन्टल काउली उत्पादन हुने कृषक तथा समाजसेवी हरि प्रसाद भट्टले बताए ।

लकडाउनका समयमा म अधिकांश समयबारीमा गएर तरकारी गोडमेल गर्छु । उनले भने, तरकारी बारिमा पानि लगाउछु । र दोश्रो काम भनेको पुस्तक पढेर समय बिताउछु । रमाईलो पनि भएको छ । गाउँभरिका मान्छे तरकरी खेतीमा लागी काम गर्दा आनन्द पनि आउँछ । केहि कुरा सिकिन्छ अनुभवहरु जाने बुझेका कुराहरु आदानप्रदान हुन्छन् । उनले थपे लकडाउले अवसर पनि जुटाई दिएको छ । गाउँघरका सबै खुसी नै छन् । दुःख मानेर दिक्क मानेर अर्को बिकल्प नै छैन । सबैले संक्रमणको खतरालाई दृष्टिगत गरेको उनी बताउँछन् ।

एक दशक देखिनै तरकारी उत्पादनमा अग्रणि रहेको बकण्डेका महिलाहरु पनि बाहिर घुम्नु भन्दा ताजा तरकारीमा सक्रिय रहेका छन् । लकडाउनको पूर्ण पालना गरिरहेको कृषक हिरादेवी भट्टले बताईन् ।क्षेत्रफल पनि बढेको छ र परिश्रम पनि  ।त्यसैले अरु वर्ष भन्दा बढि प्रतिफल आउँछ जस्तो लागेको उनको बुझाई छ ।

एक दशकदेखि यस गाउँलाई अमरगढी नगरपालिका अन्र्तगतको एउटा नमूना कृषि गाउँको स्थापित गर्ने प्रयास गरेको युवा कृषक तेजराज भट्टले बताए । अहिले सबै युवा दाजुभाईहरु कृषिकर्ममा क्रियासिल छन् । उनले भने, हामीले सोचेको भन्दा बढि लाभ लिने सोचमा अघि बढेका छौं ।

विश्वभर कोरोना फैलिईरहेको बेला नियमित कामकाजमा लागिरहेका कृषकहरुले तरकारी बाली लगाएसँगै देशमा लकडाउन भए पछि फूर्सदिला भएका किसानहरुले आफ्नो खेतबारिमा पर्याप्त समय दिन पाउँदा हर्षित पनि भएका छन् ।

चार थान पोली हाउस अनुदान बाहेक अरु सबै आफ्नो लगानीमा गाउँभरि ५० रोपनीमा तरकारी लगाएर नजिकै सदरमुकामको बजारस्थित संकलन केन्द्रमा लगेर बिक्रि गरिरहेका छन् । यहाँका किसानले तरकारी किन्न नसक्नेलाई लकडाउनका बेला निःशुल्क सहयोग पनि गरिरहेका छन् ।

अधिकांश स्थानमा तरकारी उत्पादन, बजारको समस्या

यहाँका अधिकांश किसानका बारिमा अहिले तरकारी उत्पादन भएको छ । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानका बारिमा तरकारी उत्पादन भए पनि बजारको भने समस्या हुन थालेको छ । लकडाउनले शहर बजार बन्द हुँदा बजारको समस्या हुन थालेको हो । ढुवानीका साधन समेत पर्याप्त संचालनमा नआउनदा उत्पादित तरकारी बारिमै कुहिले सम्भावना भढेको छ ।

बजार क्षेत्र पूर्ण रुपमा बन्द हुदा उपभोग कम हुने भएकाले उत्पादित तरकारीले बजार पाउन सकेको छैन । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाकै वडा नं.१,७,८,१० मा व्यवसायिक रुपमा स्थानीयले तरकारी खेती गर्दै आएका छन । वडा नं. ७ आलुको पकेट क्षेत्र नै हो । वडा नं. १,१० मा अहिले काक्रा, फर्सी, काउली प्रसस्त मात्रमा उत्पादन भएको छ ।

यस्तै जिल्लाको भागेश्वर गाउँपालिकाको बगरकोट, गन्यापधुरको भातकांडा, साहुखर्क, रुवाखोला, जर्मना, नवदुर्गाको असुर्पा क्षेत्रमा स्थानीयले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । यि क्षेत्रमा अहिले आलुको उत्पादन बढी छ । आलुको मूल्य किसानले अहिले सम्मकै राम्रो पाएको अमरगढी–७ पोखरा बजारमा तरकारी संकलन गर्दै आएका भक्त शाहुले भने । अब भने प्रहरी प्रसासनले कडाई गर्दै आएको छ । बिहान एक र साँझ एक घण्टा गरी दिनमा दुई घण्टा मात्र पसल खोल्न दिने भएकाले उत्पादित किसानको तरकारी खरिद गर्न र खरिद गरेको बिक्री गर्न समस्या भएको उनले बताए ।

बारिमा प्रसस्तै फर्सी भले पनि बजारसम्म लैजान नसक्दा भैंसीलाई खुवाउनु परेको अमरगढी–डोलाका किसान हरि ऐरले बताए । पहिले भन्दा बिक्री पनि कमै हुने र बजारसम्म लैजान गाडि पनि नपाउने भएकाले उत्पादन भएको तरकारी भैँसी लाई खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए ।

तरकारी बेचेर गहुँ धान किनेर खाने गरेका थियौ । उनले भने, लकडाउनले तरकारी बिक्रि नहुदा गहुँ किन्न पैसा नहुने पिर परेको छ । जिल्लामैव्यवसायिक तरकारी खेतीको सुरुवात भएको डोला, मनाना क्षेत्रमा फर्सि, लसुन, हरियो प्याज, मुला, हरियो धनिया, काउली उत्पादन भएको छ । भने काक्रा, सिमला, टमाटर, सिमी, बैगन उत्पादन हुने तयारीमा छ । लकडाउन अझै लम्बिए किसानले उत्पादन गरेको तरकारी बारिमै कुहिने पिरालो एकातिर छ भने तरकारी बिक्री गरी गहु, धान खरिद गरी खाद्यान्न उपभोग गर्ने यि समुदायमा के खाने भन्ने पिर पनि पर्न थालेको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस