मिथिलेश यादव, लहान, माघ १९- सशस्त्र समूहबाट सिरहाको लहान-१ बाट बुधबार बिहान अपहरणमा परेका जग्गा व्यापारी अपहरणमुक्त भएका छन्। ५५ वर्षीय हरेराम दासलाई पाँच दिनभित्र २ लाख रुपियाँ तिर्ने सर्तमा अपहरणकारीले छाडेका हुन।
वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार खोजीका लागि खटिएका सादा पोशाकका प्रहरीले सप्तरीको रायपुरबाट दासलाई उद्दार गरी साँझ उनकी श्रीमती लक्ष्मीको जिम्मा लगाएको बताए।
राति ११ बजे टिभि हेरेर निदाएलगत्तै १०-१२ जनाको समूहमा आएका हतियारधारीले अपहरण गरेको दासले बताए। अपहरणकारीको प्रतिकार गर्न खोज्दा सँगै सुतेका छोरा रविलाललाई पनि कुटपिट गरेको उनले सुनाए। अपहरणलगत्तै दुवै हात बाँधेर आँखा छोपिदिएको र हिडाउँदै केही पर लगेपछि बाइकमा बसाएको उनले बताए। बाइकपछाडि बसेकाले आफूलाई कन्चटमा पेस्तोल भिराएरै तीन चार फन्को घुमाएपछि अगाडि बढाएको पनि उनले सुनाए।
अपहरणकारीहरु सप्तरीको पातो नजिक पुगेपछि कति पैसा छ भनेर सोधे, मैले जम्मा दुई लाख रुपियाँ छ, त्यो पनि ब्याङ्कमा छ भनेपछि कागज गराएको उनले भने। धेरै कागजमा औंठाछाप गराएको र गर्न नमान्दा कुट्न थालिहाल्ने पनि उनले बताए। आफ्नै नाममा ब्याङ्क खाता रहेकाले आफू नगए रकम नआउने भनेपछि उनीहरुले पाँच दिनभित्र रकम लिएर आउने सर्तमा छाडेको उनले भने।