तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा
२६ वैशाख २०७७
•
४ मिनेट पाठ
तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा
कपिलवस्तु, - कोरोना भाइसर संक्रमणको त्रासका कारण जारी लकडाउनले वनमा अवैध फँडानी बढेको छ । लकडाउनको मौका छोपी वन फँडानी गर्ने गिरोह राष्ट्रिय तथा साझेदारी वनक्षेत्रमा बन्दोबस्तीका समानसहित पसेका छन् । उनीहरूले हरिया रुख काटेर गोलिया बनाई निकासी गर्ने गरेका छन् । 

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।

वाणगंगा नगरपालिका–१० पटनास्थित मायादेवी साझेदारी वन तस्करहरूको निशानामा सबैभन्दा बढी परेको स्थानीय बताउँछन् । सो वनमा जिल्लाकै सबैभन्दा बढी अतिक्रमण भएको छ । त्यहाँ करिब १० हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

वैशाख १७ गते मायादेवी साझेदारी वनमा सालको हरियो रुख फँडानी गरी तीनवटा गोलिया बनाइराखेका २० घनफिटभन्दा बढी काठ बरामद भएको थियो । सो कार्यमा प्रयोग भएको लु२८प ३९४१ नम्बरको मोटरसाइल समेत बरामद भएको छ । घटनामा संलग्न व्यक्ति गस्ती टोली देखेपछि फरार भएका थिए ।

त्यस्तै, वैशाख १५ गते मायादेवी साझेदारी वनमा अवैध निकासी गरिरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको आठ दशमलव ६१ घनफिट गोलिया काठ बरामद भएको थियो भने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए । लु१८प २१७८ नम्बरको मोटरसाइकलसहित पक्राउ पर्ने दुवै जना नाबालक थिए । 

वैशाख ११ गते वाणगंगा नगरपालिका–१० स्थित मायादेवी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रुख ढालियो । तस्करहरूले रुखलाई काटेर सातवटा गोलिया बनाएका थिए । चोरी निकासी गर्नका लागि लुकाइछिपाई राखेको अवस्थामा गोलिया सात थान अर्थात् ३५ दशमलव ७४ घनफिट काठ बरामद गरिएको थियो । तस्करहरू भने फरार भएका थिए ।

वैशाख ९ गते कृष्णनगर नगरपालिका–११ कप्तानगञ्जस्थित सागवनको बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा सिसौका पाँचवटा गोलिया काठ बरामद भएको थियो । सशस्त्र प्रहरीले बरामद गरेको सो काठ गौतमबुद्ध साझेदारी वनलाई बुझाइएको थियो ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेल वनक्षेत्रमा बढाइएको निगरानीले वनक्षेत्र धेरै जोगिएको दाबी गर्छन् ।

‘सुरक्षाकर्मीहरूको ध्यान लकडाउनतर्फ केन्द्रित भएको यो बेलामा तस्करहरूले व्यापक वन फँडानी गर्न खोजे पनि वनक्षेत्रमा गरेको गस्तीका कारण धेरै हदसम्म फँडानी रोकिएको छ,’ उनले भने । 

यता, लकडाउनमा चोरी सिकारसमेत बढेको छन् । वनक्षेत्रमा चोरी सिकार गर्ने क्रममा रहेका ६ जना सिकारी तथा चार नाल बन्दुक बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । यही अवधिमा मासुका लागि निलगाई सिकार गर्ने क्रम बढेको छ । तीनवटा निलगाई मृत अवस्थामा फेला परेका छन् ।
अर्को समाचार
तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा
लकडाउनको मौका छोपी फँडानी गरिएको काठ । तस्बिर : नागरिक
कोरोना भाइसर संक्रमणको त्रासका कारण जारी लकडाउनले वनमा अवैध फँडानी बढेको छ । लकडाउनको मौका छोपी वन फँडानी गर्ने गिरोह राष्ट्रिय तथा साझेदारी वनक्षेत्रमा बन्दोबस्तीका समानसहित पसेका छन् । उनीहरूले हरिया रुख काटेर गोलिया बनाई निकासी गर्ने गरेका छन् । 

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।

वाणगंगा नगरपालिका–१० पटनास्थित मायादेवी साझेदारी वन तस्करहरूको निशानामा सबैभन्दा बढी परेको स्थानीय बताउँछन् । सो वनमा जिल्लाकै सबैभन्दा बढी अतिक्रमण भएको छ । त्यहाँ करिब १० हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

वैशाख १७ गते मायादेवी साझेदारी वनमा सालको हरियो रुख फँडानी गरी तीनवटा गोलिया बनाइराखेका २० घनफिटभन्दा बढी काठ बरामद भएको थियो । सो कार्यमा प्रयोग भएको लु२८प ३९४१ नम्बरको मोटरसाइल समेत बरामद भएको छ । घटनामा संलग्न व्यक्ति गस्ती टोली देखेपछि फरार भएका थिए ।

त्यस्तै, वैशाख १५ गते मायादेवी साझेदारी वनमा अवैध निकासी गरिरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको आठ दशमलव ६१ घनफिट गोलिया काठ बरामद भएको थियो भने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए । लु१८प २१७८ नम्बरको मोटरसाइकलसहित पक्राउ पर्ने दुवै जना नाबालक थिए । 

वैशाख ११ गते वाणगंगा नगरपालिका–१० स्थित मायादेवी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रुख ढालियो । तस्करहरूले रुखलाई काटेर सातवटा गोलिया बनाएका थिए । चोरी निकासी गर्नका लागि लुकाइछिपाई राखेको अवस्थामा गोलिया सात थान अर्थात् ३५ दशमलव ७४ घनफिट काठ बरामद गरिएको थियो । तस्करहरू भने फरार भएका थिए ।

वैशाख ९ गते कृष्णनगर नगरपालिका–११ कप्तानगञ्जस्थित सागवनको बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा सिसौका पाँचवटा गोलिया काठ बरामद भएको थियो । सशस्त्र प्रहरीले बरामद गरेको सो काठ गौतमबुद्ध साझेदारी वनलाई बुझाइएको थियो ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेल वनक्षेत्रमा बढाइएको निगरानीले वनक्षेत्र धेरै जोगिएको दाबी गर्छन् ।

‘सुरक्षाकर्मीहरूको ध्यान लकडाउनतर्फ केन्द्रित भएको यो बेलामा तस्करहरूले व्यापक वन फँडानी गर्न खोजे पनि वनक्षेत्रमा गरेको गस्तीका कारण धेरै हदसम्म फँडानी रोकिएको छ,’ उनले भने । 

यता, लकडाउनमा चोरी सिकारसमेत बढेको छन् । वनक्षेत्रमा चोरी सिकार गर्ने क्रममा रहेका ६ जना सिकारी तथा चार नाल बन्दुक बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । यही अवधिमा मासुका लागि निलगाई सिकार गर्ने क्रम बढेको छ । तीनवटा निलगाई मृत अवस्थामा फेला परेका छन् । 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस