कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ६ महुवामा शनिवार भोजपुरी गायक दिनेश मल्लाह मृत फेला परेका छन्। बिहान ५ बजे घरबाट शौच गर्न गएका २२ बर्षिय मल्लाह मृत अवस्थामा फेला परेका हुन। घरदेखि ८ सय मिटरपूर्व तर्फ मृत अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
भोजपुरी गायक समेत रहेका मल्लाह लकडाउनको बेला घर फर्केका थिए। आधा दर्जन गीत गएका मल्लाहको गीत हिट नभए पछि निराश बनेको स्थानीय बताउँछन्। मृतकको शरिरमा कुनै चोटको निशान नदेखिएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए। शवलाई कपिलवसतु अस्पालमा पोस्टमर्टम गरी परिवारलाई बुझाईएको उनले बताए। घटनाको अनुसन्धान भईरहेको उनले बताए।