धनकुटा र हिले बजारमा घरभाडा मिनाहा
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
धनकुटा र हिले बजारमा  घरभाडा  मिनाहा
धनकुटा र हिले बजारका एकसय ९ जना घरधनीले घर भाडा  मिनाहा गरेका छन्।  लकडाउनको कारण व्यापार,व्यावसाय बन्द भई उद्योगी,व्यापारी र व्यावसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत  धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीले घरभाडा मिनाहा गरेका हुन्।  




धनकुटा उद्योग बाणिज्य संघको आव्हान तथा अनुरोधमा धनकुटा नगरपालिका– ५ तल्लो कोप्चेकका त्रिभुवन श्रेष्ठ, धनकुटा नगरिपालिका वडा १ हिले बजारका धनवहादुर मोक्तान, डिबी मोक्तान, कौशिला बमजन, विष्णु मोक्तान, बिनादेवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ योञ्जन, शुभचन्द्र मोक्तान ,दुर्गादेवी घिसिङ हेमकुमारी लिम्बु, थामवहादुर लिम्बु, जंग क्षेत्री, निरवहादुर गोङ्देन, खगेन्द्र विष्ट लगायतका घर धनीले घरभाडा मिनाहा गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।  

यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ का  पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकका पुष्करप्रसाद जोशी, सुखकला राईले पनि घरभाडा मिनाह गरेको धनकुटा उद्योग बाणिज्य संघले जानकारी दिएको छ । संघले धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीलाई लकडाउन अवधिभरको घरभाडा छुट गरी संकटमा सहयोग गर्न अपिल गरेको छ ।  
अर्को समाचार
लकडाउनभरी घरभाडा नमाग्न घरधनीलाई होटल व्यवसायीको अपिल
२३ जेष्ठ २०७७
•
१ मिनेट पाठ
लकडाउनभरी घरभाडा नमाग्न घरधनीलाई होटल व्यवसायीको अपिल
पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।




समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विषम परिस्थितिलाई बुझेर एकाध बाहेक अधिकांश घरधनीले घरभाडा नमागेको प्रति धन्यवाद सहित आभार व्यक्त गर्दछौं, र आगामी दिनमापनि लकडाउनभरी र त्यसपछि पनि व्यवसाय सहज सञ्चालन नहुञ्जेलसम्म घरभाडा नमाग्न घरधनी ज्यूहरूलाई हार्दिक अपिल गर्दछौं ।’ घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो,विज्ञप्तीमा भनिएको छ,‘तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरू सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घरको भाडा, बिजुलीको महसुल, पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन ।’  

लकडाउन भरीको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ ।

लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस