विक्रम गिरी, महेन्द्रनगर, भदौ १२- संयुक्त लोकतान्त्रिक परिवेश नामक संगठनले आह्वान गरेको सेती-महाकाली आम हड्तालका कारण कञ्चनपुरमा यातायात सेवा बन्द छ।
सोमबार बिहानैदेखि महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ। यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ।
यस्तै कैलालीबाट छुट्ने लामो दुरीका सवारीका साधानहरु नचलेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बन्दका कारण सुदूरका अन्य जिल्लाहरुमा समेत सवारी साधनहरु सञ्चालनमा आएका छैनन्। महाकाली-सेती यातायातले समितिले सवारी साधन सञ्चालनको अनुमति नदिएको जनाएको छ। बन्दकर्ताले कति दिनसम्म बन्दको आह्वान गरिएको भन्नेबारे कुनै जानकारी दिएको छैन।
संयुक्त लोकतान्त्रिक परिवेशले यसअघि भदौ ४, ५ र ६ गते आह्वान फिर्ता लिएको जनाएको थियो। उक्त संगठनले आजदेखि पुनः बन्दको आह्वान गरेको हो। जिल्लाका शिक्षण संस्था, सरकारी कार्यालयमा वन्दको कुनै प्रभाव परेको छैन्। सुदूरपश्चिमको हकहितको अधिकारका लागि लडि्रहेको भन्दै ११ बुँदे मागका साथ आम हड्तालमा उत्रिएको परिवेशले जनाएको छ।
बन्दका कारण भारतबाट घर फर्केका यात्रुहरु महेन्द्रनगरमा अलपत्र परेका छन्।