कृषक भन्छन् ‘तत्काल दुध नलिए केन्द्र अगाडि ल्याएर फालिदिन्छौँ’
०७ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कृषक भन्छन् ‘तत्काल दुध नलिए केन्द्र अगाडि ल्याएर फालिदिन्छौँ’
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित सिङ्गोदप खर्कमा रहेको गोठमा राखिएको दुर्खा (छुर्पी) तस्बिर : हिमनाथ
रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा कृषकलाई समस्या भएको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यो वर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।  




केन्द्र बन्द भएका कारण दुध बिक्री गर्न नपाउँदा कृषक चिन्तित बनेका छन् । फागुनदेखि नै चौरी ब्याउन सुरु गर्छ । जेठदेखि साउन १५ गतेसम्म चौरीले बढी दुध दिन्छ । त्यसपछि दुध घटेर जान्छ । चौरीले दुध दिने मुख्य सिजनमा दुध बिक्री गर्न नपाउँदा कृषकले घरमै घिउ र छुर्पी बनाइरहेका छन् ।  

दिनको चार किलोसम्म दुर्खा र घिउ बनाउने गरेको चौरीपालक कृषक सेनाम नुर्पु घलेले बताए । ‘भूकम्पले भवन भत्काउँदा पनि त्यो बेला बन्द भएको थिएन’, उनले भने, ‘तर यो लकडाउनले त निकै सास्ती दियो ।’ केन्द्र नखुल्दासम्म दुध बेच्न नसकिने उनको भनाइ छ । ‘दुर्खा र घिउको बजार राम्रो छैन’, उनले भने, ‘सिजनमा दुध बेच्न सकिएन भने कृषकलाई धेरै घाटा हुन्छ ।’

कृषकले दुई महिनादेखि दुध बिक्री गर्न पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको मूल्य बढाएपछि कृषकले गत वर्ष ओखलढुङ्गाबाट चौरी किनेर ल्याएका थिए । यस क्षेत्रमा अहिले १५ वटा गोठ छ ।  

केन्द्रले गत वर्षसम्म बैशाख १ गतेदेखि कार्तिक ८ गतेसम्म केन्द्रले दुध लिँदै आएको थियो । ‘अहिले सबै कृषकले दुर्खा र घिउ बनाइरहेका छन्’, उनले भने, ‘सबै दुर्खा र घिउ संकलन गर्ने हो भने पाँच टिप भन्दा बढी हुन्छ ।’

केन्द्र नखुल्दा कृषकले दुध बेच्न नपाएको तामे खर्कमा रहेका कृषक रेन्जेन नुर्पु तामाङले बताए । ‘यो भन्दा अगाडि दुध बिक्रीमा समस्या भएको थिएन’, उनले भने, अहिले लकडाउनले निकै समस्या बनायो ।’

जिल्लाको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले केन्द्रमा आएर कृषकले दुध फाल्ने चेतावनी दिएका बताए । ‘कृषक धेरै समस्यामा परेका छन्’, उनले भने, ‘केही कृषक त केन्द्रले तत्काल दुध नलिए केन्द्र अगाडि ल्याएर दुध फाल्ने भनिरहेका छन् ।’

लकडाउनका कारण बन्द रहेका जिल्लाको ६ वटै केन्द्र जेठ १५ गतेदेखि सञ्चालनमा आउने तयारीमा छन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले जेठ १५ गतेदेखि केन्द्र सञ्चालनमा आउने तयारीमा रहेको बताए ।  

जिल्लाका  छवटै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा एउटा निजी उत्पादन केन्द्र पनि छ । समयमै दुध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट गते वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन भएको थियो ।  

गत वर्ष चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका हुन् । लाङटाङमा गत वर्ष ४ हजार किलो चीज र ९ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए ।  

गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र ३ हजार ९ सय किलो मखन, पाङलेखर्क चीज उत्पादन केन्द्रले ११ हजार ३ सय ८० किलो याक चीज र ३ हजार ९ सय किलो मखन र गत्लाङमा १३ हजार ३ सय किलो याक चीज र ३ हजार ७ सय किलो मखन उत्पादन भएको थियो ।  

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।  

चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।  
अर्को समाचार
जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन
०४ कार्तिक २०७९
•
२ मिनेट पाठ
जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन
जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन्। यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन्। जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन्।  




जग्गाको स्वामित्व हुने कृषकको सङ्ख्या एक लाख छ हजार आठ सय  रहेको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा आफ्नो जग्गा हुने कृषकमध्ये शून्य दशमलव एक हेक्टरभन्दा कम जमिन हुने २६ हजार दुई सय ९० कृषक छन्। यस्तै शून्य दशमलव एकदेखि शून्य दशमलव दुई हेक्टरसम्म जमिन हुने १९ हजार आठ सय (९ घरधुरी,) (दशमलव दुईदेखि) दशमलव पाँच हेक्टरभन्दा कम हुने ४४ हजार एक सय ३७ घरधुरी, शून्य दशमलव पाँचदेखि एक हेक्टरभन्दा कम जमिन भएका १२ हजार तीन सय ३७ घरधुरी रहेका छन्। एकदेखि दुई हेक्टर जमिन हुने तीन हजार चार सय ४६ घरधुरी, दुईदेखि तीन हेक्टर जमिन हुने एक सय ७३ घरधुरी, तीनदेखि चार हेक्टर जमिन हुने २६ घरधुरी, चारदेखि पाँच हेक्टर जमिन हुने एक सय ९२ घरधुरी, पाँचदेखि १० हेक्टर जमिन हुने दुई सय ८१ घरधुरी र १० हेक्टरभन्दा माथि जमिन हुने १९ घरधुरी रहेको कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिए।

यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन। बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ।  

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा एक लाख आठ हजार पाँच सय ६७ किसान छन्। तीमध्ये ८४ हजार आठ सय ३३ किसानले निर्वाहमुखी कृषि पेसा गरेका छन्। एक हजार चार सय ४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको केन्द्रका प्रमुख पाण्डेले बताए। जिल्लाका ८६ हजार दुई सय ७९ अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन्। कृषि बिमा गरेका २२ हजार छ सय ८६ किसानमध्ये सबैभन्दा धेरै पशुपन्छी उत्पादन गर्ने किसान १८.७ प्रतिशतअर्थात् २० हजार तीन सय ४५ छन्।

त्यस्तै बाली उत्पादनको बिमा गर्ने सात सय २४ (०.७ प्रतिशत), मत्स्यपालनको बिमा गर्ने एक सय ६० (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार चार सय ५४ जना (१.३ प्रतिशत) किसान छन्। जिल्लामा ४४ हजार पाँच सय ३७ हेक्टर कृषियोग्य जमिन छ। त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उनले बताए। रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस