तानसेन, भदौ १५- पाल्पाका युवा रोजगारीका लागि विदेश पलायन हुन थालेपछि यहाँ कामदारको अभाव भएको छ। ज्ञान, सीप र कला भएका युवा जमात रोजगारीका लागि विदेश लागेपछि यहाँका घरेलु उद्योगहरूमा कामदारको समस्या हुँदै आएको छ।
युवा जमात विदेश गएपछि पाल्पाको तानसेनमा रहेको ढाका उद्योग, करुवा उद्योग र गाम्रीण क्षेत्रमा सिकर्मी डकर्मीहरूको समेत अभाव भएको छ।
घरेलु उद्योग तानसेनमा ढाकाको कपडा उत्पादन र तयारी पोसाक तयार गर्न कामदारको टड्कारो समस्या रहेको छ। सदरमुकाम तानसेनस्थित कार्की ढाका उद्योगमा कपडा बुन्ने तानमा १०० जना सम्म कामदारले काम गर्नसक्ने भए पनि अहिले त्यहाँ २५ जनामात्र कामदार रहेका छन्।
कार्की ढाका उद्योगकी प्रमिला कार्कीका अनुसार उद्योगमा ६० देखि ७५ सम्म कामदारको अभाव रहेको छ।
कार्कीले कामदारको अभावमा उद्योग सञ्चालन गर्न कठिन भएको बताइन्।
त्यस्तै घरेलु उद्योगकै रूपमा रहेको करुवा उद्योगमा पनि कामदारको अभाव रहेको सञ्चालकहरू बताउँछन्।
पाल्पाली करुवा उद्योगका मनीन्द्र बज्राचार्यले पाल्पामा रहेका करुवा उद्योगमा कामदार नहुँदा सबै काम आफैले गर्नुपरको गुनासो गरे।
बज्राचार्यका अनुसार यसै कारण करुवा उद्योगहरू जिल्लामा घट्दै गएका छन। विगतमा ५०/६० वटाको सङ्ख्यामा रहेका करुवा उद्योगहरू अहिले घटेर तीनवटामा सीमित भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमलप्रसाद घिमिरे राष्ट्रिय र स्थानीय समस्याले गर्दा उद्योगहरूले गति लिन नसकेको बताउँछन्। रासस