हत्यामा संलग्न तीन जना अभियुक्त पक्राउ
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
हत्यामा संलग्न तीन जना अभियुक्त पक्राउ
हत्यामा संलग्न तीन जना अभियुक्तहरु पक्राउ पछि सार्वजनिक गर्दै प्रहरी ।
डोल्पा

त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीस्थित हिमाली सामुदायिक वनका अध्यक्ष हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका– १ रल्ली गाउँका ४३ वर्षीय ओमबहादुर शाही ३७ वर्षीय धन बुढा र गल्ली गाउँका ३० वर्षीय जयबहादुर कठायत रहेका छन । पक्राउ परेका तीनै जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलेन गरेर सार्वजनिक गरिएको हो । 

पक्राउ परेका  अभियुक्तसंगै खानामा मिसाइएको वनमा पाइने बिषदी समेत प्रहरीले सार्वजनिक गरेको छ । जेष्ठ २ गते साँझको ८ बजेको समयमा अभियुक्तहरुले वनमा पाइने जडिबुटीको बिष मिसाएको खाना खाँदा हिमाली सामुदायिक वनका अध्यक्ष रहेका  रल्ली गाउँका ३२ वर्षीय सुकलाल कुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । खाना खाएको केहि छिनमै एक्कासि बान्ता गर्न थालेपछि  सुकलाल कुलाल उनकी जेठी श्रीमती २८ वर्षीय रुप्सी कुलाल र कान्छी श्रीमती २७ वर्षिया विन्दु कुलाललाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएकोमा उपचारको क्रममा  जेठ ३ गते विहान २ बजेको समयमा अध्यक्ष कुलालको मृत्यु भएको र श्रीमती दुबैलाई थप उपचारको लागि हेलिकप्टेरबाट सुर्खेत लगेर उपचार भइरहेको प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले जानकारी दिए ।

अध्यक्ष कुलालको मृत्यु लगतै प्रहरी निरिक्षक हरिराम डाँगीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा पठाएर अनुसन्धान गर्दा खानामा मिसाएको वनमा पाइने बिषदीले मृत्यु भएको र पक्राउ गरिएका अभियुक्तहरुको नाममा किटानी जाहेरी समेत परेकाले पक्राउ परेका तीनै जनालाई जेठ ५ गतेबाट लागु हुने गरि डोल्पा जिल्ला अदालतबाट पहिलो पटक १५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखि थप अनुसन्धान जारि रहेको पनि प्रहरी नायव उपरिक्षक रन्जितकारले बताए ।
अर्को समाचार
हत्या अभियुक्त वर्षदिनपछि पक्राउ
११ कार्तिक २०७१
•
३ मिनेट पाठ
हत्या अभियुक्त वर्षदिनपछि पक्राउ
काठमाडौं-एक वर्षअघि एक हत्या घटनामा संलग्न देखिएका ३ जना अभियुक्त पक्राउ परेका छन्। व्यक्तिगत रिसइवीमा २०७० कात्तिकमा मारिएका युयन तामाङको हत्यामा संलग्न रहेको अभियोगमा कृष्ण कार्की, सुरेश राउत र सन्तबहादुर तामाङ पक्राउ परेका हुन्।

गत शनिबार भाइटीकाको दिन ढुंगाले हानेर धादिङ तिप्लिङ–५ का तामाङको हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानमा कार्कीसहितको योजनामा हत्या भएको देखिए पनि उनीहरु फरार थिए। महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार उनीहरुलाई विभिन्न स्थानबाट पक्रेको हो। 
महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार अनुसन्धानमा व्यक्तिगत रिसइवीमा बदला लिने क्रममा उनको हत्या भएको देखिएको छ। उनका अनुसार घटना हुनुभन्दा ४ महिनाअघि युयन समूहले कृष्णलाई गोंगबुको भण्डारीटोलमा कुटपिट गरेका थिए। कुटपिट क्रममा कृष्णको टाउकोमा चोट लागेको थियो। 
सोही घटनापछि कृष्णले आफ्ना साथीहरुसँग मिलेर युयानसँग बदला लिने योजना बनाएका थिए। योजनाकै क्रममा गत शनिबार भाइटीकाका दिन गोंगबु जाल्पाचोकमा रहेको सन्तबहादुर तामाङको ससुराली डेरामा युयनले सन्तको श्रीमतीलाई अभद्र व्यवहार गरेपछि उनीहरुबीच झगडा हुँदा युयानको दाँत भाँचिएको थियो।
प्रारम्भिक अनुसन्धान विवरण अनुसार दुवैबीच झगडा भएपछि सोही कोठामा रहेका सुरेश राउतले कृष्ण कार्कीलाई मोबाइलमा फोन गरेर बोलाएपछि कार्की आफ्ना समूहका साथीहरु लिएर गोंगबुको गणेशस्थानमा भेला भएर जल्पाचोक गएका थिए। 
उनीहरु जल्पाचोक पुग्दा युयन तामा सडकमा हिँडिरहेको देखेपछि कार्की, राउत र तामाङले उनलाई रोकेर इँटाले टाउकोमा हिर्काएका थिए। आक्रमणबाट गम्भीर चोट लागेका युयानको मृत्युपछि चारै जना तराई जिल्लाको बोर्डर क्षेत्रमा लुकेका थिए। 
महाशाखाका अनुसार १२ कक्षामा अध्ययनरत कार्की बाराको सिमरामा रहेको सूचना आएपछि सोमबार इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ परेका हुन्। उनको पक्राउपछि राउत सामाखुसी क्षेत्रमा पक्राउ परे भने सन्तबहादुर तामाङ बौद्धमा पक्राउ परेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस