रुकुम, भदौ २३- रुकुममा बिहीबारबाट अनिश्चितकालसम्मका लागि दैनिक २२ घन्टा लोडसेडिङ सुरु भएको छ। जिल्लाको बाँफिकोट गाविस वडा नं. ८ स्थित भाग्लेमा रहेको विद्युत् उत्पादनगृहको एउटा मेसिनमा खराबी आएपछि मेसिन मर्मत नभइन्जेलसम्मका लागि २२ घन्टा लोडसेडिङ सुरु भएको हो।
विद्युत् उत्पादन गर्ने दुईमध्ये मुख्य मेसिनमा खराबी आएको र दैनिक दुई घन्टाभन्दा बढी विद्युत् उत्पादन नहुने भाग्ले विद्युत् गृहले जानकारी गराएको छ।
चार महिना अघिमात्र मर्मत गरेको मेसिन छ महिना नपुग्दै बिग्रिएको छ। यसअघि रु. चार लाखमा मर्मत गरिएको मेसिनको धरौटीसम्म समितिले मेसिन मर्मत गरेको कम्पनीलाई फिर्ता गरेको छैन।
छ महिनाको वारेन्टीसहित मेसिन मर्मत भएको चार महिनामै मेसिन बिग्रिएपछि समिति आक्रोशित भएको छ। धरौटी समितिसँगै भएकाले पनि कम्पनीले जति सक्दो चाँडो मेसिन मर्मत गर्ने रुकुमेली उर्जा विद्युत् उपभोक्ता समितिका अध्यक्ष जोखबहादुर मल्लले बताए।
दुई सय ५० वाट क्षमताको विद्युत् गृहले सदरमुकाम सहित जिल्लाका सात गाविसमा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ। भाग्ले विद्युत् गृहमा जिल्लाको स्यार्पुतालको पानीबाट विद्युत् उत्पादन हुँदै आएको छ। रासस