मनोज अधिकारी, पोखरा, असोज ३- मणिपाल मेडिकल कलेजको तलव विभेदसम्बन्धी विवाद समाधान गर्न तीन दिनदेखि पोखरामा चलेको वार्ता असफल भएको छ। विवाद समाधान गर्न वार्ताका लागि अधिकार लिएर राजधानीबाट आएको उच्च सरकारी टोली बिनानिष्कर्ष फर्किएको छ।
मणिपालमा कार्यरत् नेपाली र गैरनेपाली (भारतीय) डक्टरबीच तलवमा विभेद रहेको स्वीकार गरे पनि उक्त टोली तीन दिने कसरत असफल भएपछि फर्किएको हो। टोलीले आफ्नो प्रतिवेदन मङ्गलबारै साँझसम्म सरकारलाई बुझाउने म्याद पाएको छ।
'समान कामको समान ज्याला' माग गर्दै मणिपालका तीन दर्जन नेपाली डक्टर १० दिनदेखि उपचार छाडेर हड्तालमा उत्रिएका छन्। उनीहरुले आफ्नो मागप्रति कुनै सुनुवाई नभएकाले अब हड्ताल जारी राख्दै थप सङ्घर्ष थाल्ने बताएका छन्। सरकारले मणिपालको विवाद मिलाउन केन्द्रबाटै श्रम, शिक्षा, स्वास्थ्य र उद्योग मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित ६ सदस्यीय टोली आइतबार पोखरा पठाएको थियो।
श्रम मन्त्रालयका सह–सचिव पूर्णचन्द्र भट्टराई संयोजक रहेको 'मणिपाल विवाद व्यवस्थापन समिति' ले मणिपाल कलेजका प्रिन्सिपल बिएम नागपाल र प्रशासन तथा मानव संसाधन विभाग प्रमुख वीरेन्द्र यादव तथा आन्दोलनरत् पक्षका डा. कृष्ण कोइराला र डा. दीपक कोइरालासँग वार्ता गरेको हो।
'मणिपाल व्यवस्थापन पक्षले झिनो अन्तरमा रहेको तलव विभेद तत्काल अन्त्य गर्न नसकिने अडान देखायो' समितिका संयोजक भट्टराईले राजधानी फर्कनुअघि नागरिकसँग भने- नेपाली डक्टरहरु पनि कुनै हालतमा विभेद रहेसम्म काममा नफर्कने अडानमा बसेपछि तीन दिने वार्ता मिल्न सकेन। उनले म्यान्डेटअनुसार आजै साँझ सरकारलाई वार्तामा मिल्न नसकेको मुख्य विषयसहितको प्रतिवेदन बुझाउने बताए।
मणिपालमा कार्यरत् भारतीय सहकर्मी र आफूहरुबीच तलबमा ठूलो अन्तर रहेको केही प्रमाण नेपाली डक्टरहरुले वार्तामा पेश गरेका छन्। मणिपाल व्यवस्थापनले भने तलवमा ठूलो विभेद नभई सामान्य अन्तरमात्र रहेको जिकिर गरेको छ।
चार वर्षदेखिको उक्त विवाद हालै हड्तालमा पुगेपछि व्यवस्थापनले समस्या समाधान गरिदिन गत बुधबार सरकारलाई पत्र लेखेको थियो। प्रधान मन्त्रीदेखि सरोरकारवाला मन्त्रालय र विभागहरुलाई समेत बोधार्थ पठाएको सोही पत्रका आधारमा सरकारले वार्ताका लागि अधिकारसम्पन्न टोली खटाएको थियो।