कोरोना नियन्त्रणमा भ्रष्टाचार, छानविनका लागि संसदीय समिति गठन माग
१९ जेष्ठ २०७७
•
२ मिनेट पाठ
कोरोना नियन्त्रणमा भ्रष्टाचार, छानविनका लागि संसदीय समिति गठन माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको  छ । आइतबारको संसद् बैठकमा  प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।  




कार्कीले प्रदेश सरकारले राहतका लागि गठन गरेको जनसुरक्षा कोषको रकममा ब्रह्मलुट मच्चाएको र कोषलाई प्राप्त भएको जिन्सी सामानसमेत हिनामिना गरेको आरोप लगाएका छन् । ‘कोरोना नियन्त्रणका काममा सरकारले ब्रह्मलुट मच्चाइरहेको छ,’ कार्कीले भने, ‘जनसुरक्षा कोषमा प्राप्त भएको जिन्सी सामान खोइ ?’   कोरोना संक्रमित भएको आशंकामा मानिसहरू राखिने क्वारेन्टिनको व्यवस्थापनमा पनि  सरकारले चरम लापरबाही गरिरहेको कार्कीले बताए । 

उनले भने, ‘क्वारेन्टिन नै कोरोना सार्ने यन्त्र बनेकाले जनता क्वारेन्टिनदेखि डराउन थालेका छन् ।’   कार्कीले प्रदेश १ मा कोरोनालाई देखाएर मन्त्री धनी हुने र जनता भोकै मर्ने अवस्था आएको आरोप लगाए । जनसुरक्षा कोषको रकम गरिब जनताको पेट भर्न नभई मिडियाका सञ्चालकलाई वितरण गरिएको उनले बताए ।  ‘विज्ञापन दिनका लागि वडा, नगर, गाउँपालिका, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय हु“दाहु“दै जनसुरक्षा कोषको ५० लाख रुपैयाँ किन बाँढ्नुपर्यो ?’ कार्कीले प्रश्न गरे ।  

उनले प्रदेश सरकार कोरोना नियन्त्रणमा असफल भइसकेको दाबी गरे । झापाको केचनाकवलको क्वारेन्टिन अव्यवस्थित भएकै कारण एकै पालिकामा ८० जना संक्रमति हुनु, धरानमा संक्रमित भएकी एक महिलालाई नजिकै रहेको बिपी अस्पताल भर्ना गराउन पनि १८ घण्टा लाग्नु र केचनाकवलका संक्रमित रातभरि अस्पतालमा भर्ना नपाएर बिचल्ली हुनुले प्रदेश सरकार कोरोना संक्रमण रोकथाम, व्यवस्थापन र उपचारमा असफल भएको  कार्कीले बताए ।  

उनले प्रदेश १ का मुख्यमन्त्री आफैंले भ्रष्टाचारको अगुवाइ गरिररहेको दाबी गरे । ‘मुख्यमन्त्रीले बजेट बनाउने बेलामा आर्थिक मामिला मन्त्रालयका सहसचिवलाई सरुवा गरेर जगेडामा राख्नु, भौतिक पूर्वाधार मन्त्रालय मातहतका विभिन्न स्थानका डिभिजन इन्जिनियरलाई विनाकारण सरुवा गर्नुलगायत गतिविधिले मुख्यमन्त्री आफैं भ्रष्टाचारमा लिप्त भएको स्पष्ट हुन्छ,’ कार्कीले भने ।
अर्को समाचार
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
१३ फागुन २०७८
•
१ मिनेट पाठ
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 




मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार  ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ८ सय ८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस