महेश्वर चामलिङ राई,उदयपुर, फागुन २७-अघिल्लो साँझ भएको सडक दुर्घटनामा एक स्थानीयको मृत्यु भएको विरोधमा शनिबार विहानदेखि जिल्लाको पश्चिम कटारी बजार ठप्प छ। दुर्घटनामा मृतक परिवारलाई उचित क्षतीपुर्ति तथा दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै आब्हान गरिएको बन्दले बजार, पसल यातायात सबै ठप्प भएको स्थानीय अशोक श्रेष्ठले बताए।
बन्दका कारण लामो तथा छोटा दूरीका कुनै सवारीसाधन चलेका छैनन्। माथिल्लो सगरमाथाको मुलनाका मानिएको कटारीदेखि सिद्धिचरण लोकमार्ग हुँदै खोटाङ, ओखलढुंगाका बिभिन्न क्षेत्र प्रवेश गर्ने गाडी सबै अलपत्र परेको यातायात ब्यवसायीले जनाएका छन्।
सिद्धिचरण मार्गअन्तरगत मिर्चया-कटारी सडकखण्डको सिराहा र उदयपुरको सीमानास्थल चुरे जंगलमा स ३ प ५१४५ नम्वरको टि्रप्परले २६३८ नम्वरको मोटरसाईकललाई शुक्रबार साँभ््क ठक्कर दिँदा मोटरसाईकल चालक कटारी ४ का कर्ण थापामगरको मृत्यु भएको थियो।
सिराहामा सञ्चालित मारुती सिमेन्टका लागि सिन्धुलीको ककरुठाकुरस्थित लाईमस्टोन खानीबाट ढुंगा बोकेर आउँदै गरेको टि्रफरले ठक्कर दिँदा मगरको घटनास्थलमै मृत्यु भएको स्थानीय भीम श्रेष्ठले बताए।
फरार रहेका टि्रप्पर चालकको हालसम्म नाम ठेगाना खुल्न नसकेको इप्रका निरीक्षक ज्ञानेन्द्र फुयालले बताए। उनका अनुसार सिराहा प्रहरीले उनको खोजी गरिरहेको छ।
इन्सपेक्टर फुयालले बन्द शान्तिपूर्ण र सामान्य रहेको बताए। शनिबार परेको तथा मृतक यातायात ब्यवसायी पनि भएकाले शोक मनाउनका लागि बजार बन्द गरिएको हुनसक्ने उनले बताए।