काठमाडौं, फागुन २७ (नागरिक) - स्कुटर सिक्नेक्रममा राजधानीमा आज शनिबार बिहान एक युवतीको निधन भएको छ। भित्री सडकमा स्कुटर सिकिरहँदा भएको दुर्घटनामा परी १९ वर्षीय सरिता श्रेष्ठको मृत्यु भएको हो।
काठमाडौं महानगरपालिका वडा नं २६ बस्ने श्रेष्ठको चोभारमा भित्री सडकमा स्कुटर सिक्नेक्रममा दुर्घटनामा परेकी श्रेष्ठको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बा ४५ प ९५२ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटनामा परेको थियो।