तुफान न्यौपाने, जुम्ला, चैत ९- घर पोत्ने माटो लिन गएका २ किशोरीको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। नाग्मा गमगढी सडक खण्डको छेउमा मालिकावोता गाविसमा रहेको माटोखानीमा माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएकव प्रहरीले जनाएको छ।
नेपाल राष्ट्रिय मावि वोतामालिका कक्षा ३ पढ्ने १४ वर्षीय गोमा रावत र सोही विद्यालयका कक्षा ३ मै पढ्ने १३ वर्षीय विपना रावलको मृत्यु भएको हो।
यस्तै मालिका वोता-७ की ३० वर्षीय गौगोरा बुढा, वडा नम्वर ५ की ४६ वर्षीय सर्केनी रावत, ५ वर्षीय निलबहादुर रावत र ३ वर्षीय कालि रावत घाइते भएका हुन्।
५ वर्षीय निलबहादुर ३ वर्षीय कालि सर्केनी रावतका छोरा छोरी हुन्। घाइते ४ जनाको उपस्वास्थ्य चौकी वोतामालिकामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।