क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीहरुले गुहार मागेका छन् । व्यवस्थापन समितिले दैनिक अति आवश्यक सेवाका खर्चका चेकहरुमा हस्ताक्षर नगरीदिंदा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले अस्पताललाई जोगाउन आग्रह गरेका हुन् । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले प्रेस विज्ञप्ति प्रकाशित गरी अति आवश्यक सेवाका चेकहरुमा भुक्तानी दिन व्यवस्थापन समितिबाट हस्ताक्षर नुहँंदा दैनिक अति आवश्यक सेवाहरुको अभावमा समस्या भएको जनाए ।
अस्पतालमा भ्रष्टाचार भएको भन्दै पुरानो समिति भंग गरी स्थानीय निकायको रुपमा रहेको भक्तपुर नगरपालिकाले झण्डै वर्षदिन अघि नयाँं व्यवस्थापन समिति गठन गरेको थियो । यसो हुँदा दुई वटा व्यवस्थापन समिति भई दुईपक्षवीच द्धन्द्ध थियो । तर अहिले नयाँं व्यवस्थापन समिति निश्क्रिय छ । यही द्धन्द्धका कारण पुरानो व्यवस्थापन समितिले अस्पताल सञ्चालनमा अवरोध सृजना गर्न प्रयासरत छ । संघले यही अवरोध हटाउन माग गरेको हो ।
अस्पतालको पुरानो व्यवस्थाप समितिले भ्रष्टाचार गर्न मिल्ने ठाउँंका चेकहरुमा चाहिं धमाधम हस्ताक्षर गरिरहेको तर भ्रष्टाचार गर्न नमिल्ने अस्पताललाई दैनिक अति आवश्यक समानहरुका चेकहरुमा हस्ताक्षर नभई समस्या पार्ने प्रयास भइरहेको आरोप कर्मचारीहरुले लगाएका छन् । समस्या समाधान गरी अस्पताल सुचारु रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन संघले प्रशमाशनसमक्ष पहलकदमीका लागि पनि अनुरोध गरेको छ ।
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ। अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए।
उनले भने,‘अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ।’ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए।
त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले जानकारी दिए।
न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ।
‘हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ। रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ।
’अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको बताए । यहाँ उपचारका लागि छिमेकी देशबाट समेत बिरामी आउने गरेका छन्।-रासस
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...