मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता
२९ जेष्ठ २०७७
•
१ मिनेट पाठ
मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता
सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।  




भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बसेका उनको जेठ २२ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्काउँदै गर्दा उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । उनी बिगत १४ दिन देखि क्वरेन्टिनमै थिए ।

दाहसंस्कारमा अन्यौलता
स्वाब रिपोर्ट आएपछि शवलाई के गर्ने भन्ने टुङ्गो पर्खिरहेका परिवारमा झन् अन्यौतला थपिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको दाहसंस्कारमा ढिलाई हुने भएको हो । कोरोना संक्रमण भए नभएको रिपोर्ट नआएपछि शवको दाहसंस्कार रोकिएको छ । अहिले उनको शवलाई मालारानी–४ खनकै रातुकाचौरमा राखिएको छ ।  

शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गरिरहँदा स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । चौबिस घन्टा भित्र रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
अर्को समाचार
शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता
०४ जेष्ठ २०७८
•
४ मिनेट पाठ
शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता
कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो।  




उपचार गर्दा गर्दै शाहीको मृत्यु भएपछि मृतकको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले आफन्तको माग अनुसार गाउँमै लिएर शव व्यवस्थापन गरेको हो। यो पहिलो मृत्युको केस भएकोले गाउँमै लिएर दाहसंस्कार गर्न सकिएको हो, नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने,‘मृतकको संख्या बढ्दै गएको सबैको घरघरमा लिएर दाहसंस्कार गर्न सकिने अवस्था रहँदैन। सबैको पायक पर्ने स्थानमा शवघाट तोक्न जरुरी छ।’

गणपति रायमाझीले पटक पटक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शवघाटका विषयमा छलफल हुने गरेको भएपनि छनौट हुन नसक्नु दुःखद भएको बताए। कर्णाली प्रतिष्ठानमा पहिलोपटक कालिकोटका संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न तिलागुफा १ नाग्म पुग्नुपर्ने बाध्यता भयो। अस्पतालले नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई जेठ ३ गते विहान नौ बजे शव हस्तान्तरण गरेको थियो। पहिलो केस भएकोले परिवारको आपसी सल्लाहमा तिलागुफा १ मा लिएर शव व्यवस्थापन गरियो। शव घाट पनि निकै गाह्रो भएकोले दाहसंस्कार गर्न पनि गठिन थियो।

नन्दबक्स गण जुम्लाको शव व्यवस्थापन टोली संगै शवघाटको सुपरिवेक्षणका लागि गणपति दिवाकर रायमाझी पनि शवघाट स्थलमा पुगेका थिए। उनले भने,‘जुम्लामा पहिलो संक्रमित भएकोले आफन्तको आग्रहमा उनीहरुले तयार गरेको घाटमा पुर्याएर दाहसंस्कार गरियो। अब  त्यो सम्भव हुँदैन। जुम्लामा एक शव व्यवस्थापन स्थलको छनौट हुन आवश्यक छ।’

पटक पटक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शव व्यवस्थापन स्थान छनौटका बारेमा छलफल हुदा पनि टुंगो लगाउन सकिएको छैन। गणपति रायमाझीले भने,‘गाडी सहजै पुग्न सक्ने, शव व्यवस्थापन सहजै रुपमा गर्न सक्ने स्थानको छनौट हुन जरुरी छ। ’  

शव व्यवस्थापनमा समस्या छ। जुम्ला जिल्लामा संक्रमितको मृत्यु भएको खण्डमा व्यवस्थापन गर्ने शवघाट छैन। सामूहिक शवघाट बनाउने की पालिकाको छुट्टा छुटटै शवघाट बनाउने हो टुंगो लगाउनु पर्ने उनले बताए।

अहिले सम्म स्थानीयतहले शवघाटका विषयमा तदारुकता देखाएका छैनन्। गाडीको पहुँच भएको र शव व्यवस्थापन गर्न सहज हुने ठाउँमा शवघाट बनाउनु अहिलेको आवश्यकता हो।

पहिलो केस भएकोले भनेको ठाउँमा पुगेर शव व्यवस्थापन गरियो। अब मृतक संख्या बढ्यो भने हरेक गाउँ ठाउँमै पुगेरै जान सकिने अवस्था छैन। आगामी बस्ने डिसीसीएमसीको बैठकमा शव व्यवस्थापन स्थान छनौट प्राथमिकतामा राख्नु पर्ने उनले बताए। अहिलेको व्यवस्थापनले दाहसंस्कार गर्न सकिँदैन।  

कोरोनाको पहिलो लहरमा जुम्लामा केही समस्या भएन। तर दोस्रो लहरमा एक जनाको मृत्यु भइसकेको छ। जिल्ला बाहिरबाट आउने बिरामीको मृत्यु भएमा वा जिल्ला भित्रकै विरामीको मृत्यु भएमा सहजै रुपमा व्यवस्थापन गर्ने गरि शवघाटको छनौट गर्नु पर्ने उनी बताउँछन्। शवघाट छनौट हुने वित्तिकै कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्न सहज हुनेछ।    

जुम्ला गुठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारी शवघाटको छनौट हुन नसकेको बताउँछन्। उनले भने,‘अहिले यहाँका स्थानीयको संक्रमणका कारण मृत्यु पनि भइसकेको छैन। अब तत्काल शवघाट तोक्छौँ। गाडीको पहुँच पुग्ने र शव व्यवस्थापन गर्न सहज हुने ठाउँमा शवघाट बन्ने गरि स्थान छनौट गर्ने तयारी गरिरहेका छौँ।’ शवघाट छनौट लगायतका विषयमा छलफल गर्न बुधबार कार्यपालिका बैठक डाँकिएको उनले बताए। ’

जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा शवघाट छनौट हुन सकेको छैन। पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा शवघाट तत्काल छनौट गर्नु पर्ने देखिन्छ। केन्द्र सरकारले पायक पर्ने ठाउँमा शवघाटको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ। तर शवघाट तोक्ने निर्णय जुम्लामा हुन सकेको छैन। नेपाली सेनाका सहायकरथी बाहिनीपति यमबहादुर सापकोटा शव व्यवस्थापन गर्ने जिम्मेवारी सेनाले पाएकोले तत्काल शवघाट छनौट गरेर वातावरण सहज बनाउनु पर्ने बताउँछन्।

तत्काल कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक राख्न आग्रह गरेको छु। त्यो बैठकमा शवघाट छनौट मुख्य प्रस्ताव हुनेछ। बाहिनीपति सापकोटाले भने,‘जबसम्म शवघाट छनौट हुन सक्दैन। तबसम्म शव व्यवस्थापनमा सहजता आउन सक्ने अवस्था हुँदैन। स्थानीय प्रशासन, स्थानीय तहको प्राथमिकता शवघाट छनौटमा हुनुपर्छ। ’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन कहाँ गर्ने र गाउँघरमा संक्रमितको मृत्यु भएको खण्डमा कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा स्पष्ट निर्णय हुनु पर्ने बताए।

कालिकोटको संक्रमितको मृत्यु हुदाँ शव व्यवस्थापन गर्न कठिन बन्यो। उनले थपे,‘अब संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्न सहज हुने गरि स्थान तोक्नुपर्छ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस