बैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका सिन्धुपाल्चोकका २२ महिला कामदार स्वदेश फर्किएका छन् । जहाजमार्फत बिहीबार दुई खेपमा कुवेतबाट ल्याइएका तीन सय महिला कामदारसँगै उनीहरुले काठमाडौँ टेकेका हुन् ।
जजिरा एयरवेजका दुई जहाजमार्फत उनीहरुलाई स्वादेश फर्काइएको थियो । कोरोना महामारी र लकडाउनले बिदेशमा अलपत्र नेपालीलाई जहाजबाट स्वदेश फर्काउने सरकारको निर्णयअनुसार उनीहरुलाई ल्याइएको हो । एउटा जहाजमा आठ र अर्कोमा १४ गरी २२ सिन्धु चेली फर्केको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
सिन्धुका चेलीलाई यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको छ । अरु भने नेपाली सेनाले प्रदेशगत हिसाबले छुट्याएको होल्डिङ सेन्टरमा छन् । कुवेतबाट फर्केका महिलालाई बिहीबार राति नै ल्याएर सम्वन्धित तहको क्वारेन्टिनमा राखिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
उनका अनुसार फकिँनेहरु पाँचपोखरी थाङपाल, जुगल, भोटेकोसी, जुगल, हेलम्बु गाउँपालिका र मेलम्ची तथा चौतारा साँगाचोकगढी नगरपालिका गरी ६ स्थानीय तहका बासिन्दा हुन् । उनीहरुलाई ल्याउन सम्वन्धित गाउँपालिकाका एम्बुलेन्स काठमाडौँ जाने तयारीमा रहेको डिएसपी काफ्लेले बताए । फर्कँनेमा सबैभन्दा बढी मेलम्चीका पाँच र हेलम्बुका चार महिला छन् ।
उनीहरुलाई १४ दिन आ–आफ्नो घर रहेको स्थानीय तहको क्वारेन्टिनमा राखिने छ । जिल्लाका सबै १२ स्थानीय तहमा तीन सय ७३ शैया क्षमताको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । प्रजिअ ढकालले भारतबाहेक तेस्रो राष्ट्रमा २०–२२ हजार सिन्धुवासी रहेको प्रारम्भिक आँकडा निकालिएको जानकारी दिए ।