काठमाडौँ, वैशाख १३ - फोटो पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकारिता समूहले आज यहाँ प्रभातफेरी गरेको छ। 'सत्य समाचारका लागि फोटो पत्रकारिता' भन्ने मूल नारा सहित आज बिहान भद्रकाली, सहिदढोका, सुन्धारा र नयाँसडक हुँदै शान्तिवाटिकामा पुगी प्रभातफेरी कोणसभामा परिणत भएको थियो।
प्रभातफेरीमा काठमाडौँ साइकल सिटी २०२० ले साइकलयात्रासमेत गरेको थियो।
कार्यक्रममा फोटो पत्रकारिता समूहले वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई सम्मान गरेको थियो।
सो अवसरमा पत्रकार चित्रकारले पत्रकारले कुनै पनि पार्टीमा आबद्ध नभई पत्रकारितालाई व्यावसायिक धर्म मानेर काम गरेमा सफलता हासिल गर्न सक्ने बताए।
राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष रवीन्द्रमान शाक्यले कोही कसैप्रति पूर्वाग्रह नभई सत्यतथ्य घटनामा आधारित भएर समाचार लेख्नका लागि सम्पूर्ण पत्रकारलाई आग्रह गरे।
विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमती श्रेष्ठनीले आफ्नो कपासको बगैँचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलोपटक गोरखापत्रमा छापिएको दिनलाई मानेर फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो। -रासस