अमर खडका, इटहरी, वैशाख २०-मंगलबार बेलुकी आएको हावाहुरीका कारण सुनसरीमा एक व्यक्तिको मृत्यु भएको छ। जंगलमा घाँस दाउरा काट्न गएका भरौल ३ का ६१ वर्षीय लिलाबहादुर राईको टाउकोमा रुखको हाँगा झरेर लागेपछि मृत्यु भएको हो। उनको शव बुधबार विहान फेला परेको छ।
एक थान कटुवा पिस्तोल बरामद
सुनसरीको दक्षिण स्थित साहेब गंजमा गएराती गस्तिमा गएराती चेक जाँच गर्ने क्रममा रहेको प्रहरी गस्ती टोलीमाथि दुई जनाको अज्ञात समूहले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कार्यवाहीमा ३ राउण्ड गोली प्रहार गरेको थियो। उक्त भिडन्तमा कोही हताहात नभए पनि थप टोली मगाएर सर्च गर्दा १ थान कटुवा पिस्तोल फेला परेको प्रहरीले जनाएको छ।