मिथिलेस यादव, सिरहा, जेठ ३- सिरहाको दक्षिणमा रहेको औरही गाउँका अग्निपीडितहरूले जिल्लामा दमकलको व्यवस्था नभएकोले वर्षेनी आगलागीको सामना गर्नु परिरहेको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन्। स्थलगत भ्रमणमा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पीडितहरूले आफ्नो गाउँमा वर्षेनी आगलागी हुने भए पनि दमकलको उचित व्यवस्था हुन नसेको गुनासो गरेका थिए।
उनीहरूले सिरहामा दमकलको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। सिरहाबाट घटनास्थलको दूरी जम्मा ७ किलोमिटर छ।
मंगलबार औरही गाउँमा लागेको आगोबाट लगभग ३ हजार पाँच सय घर जलेर नष्ट भएका थिए। त्यस्तै गत वर्ष पनि लागेको आगोबाट त्यहाँ लगभग ५० घर नष्ट भएका थिए।
मंगलबार दिउँसो २ बजेतिर लागेको आगो निभाउन घटनास्थलबाट ३५ किलोमिटर पर रहेको लहानबाट दमकल आएको थियो। दुई घण्टापछि दमकल आउँदासम्म लगभग सबै भर जलेर नष्ट भइसकेको थियो। त्यसपछि राजविराजबाट आएको अर्को दमकल पनि आगो निभाउन जुटेको थियो। जनकपुरबाट भने आज मात्र दमकल आएको थियो। आगो अझ पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन।
पीडितहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सिराहाको औरही आगलागीमा प्रभावित प्रति परिवारलाई २५ हजार रुपियाँ सरकारी राहत कोषबाट उपलब्ध गराउने घोषणा गरे।
लगभग २ बजेतिर आएका भट्टराईले स्थानीय प्रशासनलाई निर्देशन दिए- कुनै पनि पीडित परिवारलाई भोकै बस्न नपरोस र कसैले खुला आकाशमा रात काट्न नपरोस्।
उनले त्यस क्रममा आगलागीको सम्पूर्ण तथ्याङ्क तयार भएपछि पीडित परिवारलाई आवास उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
उनले लगभग एक घण्टा त्यहाँ बिताएका थिए।