पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै
२० असार २०७७
•
३ मिनेट पाठ
पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै
पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो।  




विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरुआतदेखि गाउँमै जाने कार्यालयले जनाएको हो। वास्तविक लाभग्राही पहिचान अभियानअन्तर्गत पहिलो चरणमा भूकम्पका आवास अनुदान लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएर अन्य किस्ता सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाइने कार्यालय प्रमुख शिवप्रसाद लम्सालले बताए। उनले भने, लाभग्राही सम्झौता गरेका तथा सूचीकृत भई सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाउन गाउँगाउँ जाने योजना बनाएका हौँ।

प्रवलीकरण लाभग्रहीमा सूचीकृत सयौँ पीडित परिवारले पूर्ण लाभग्राही कायम गरिदिन स्थानीय तहमार्फत निवेदन दिएकाले उनीहरुका अवस्थासमेत अनुगमन गरिने लम्सालले बताए। सम्झौता गरी पहिलो किस्ता पनि नलैजानेको विशेष चासो दिनेछौँ, उनले भने। सरकारले दिएको अनुदानले घर बनाउन नसक्नेले नबनाएका हुन् कि, वैकल्पिक घर भएकाले नबनाएका हुन्, सबै स्थानीय तहमा गएर अवस्था बुझ्ने प्रमुख उद्देश्य रहेको लम्सालले जानकारी दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आवासलगायत पूर्वाधार पुनःनिर्माणको काम आउने वर्ष सक्ने योजना बनाएकाले जिल्लास्थित कार्यालय पुनःनिर्माणको अवस्था बुझ्न लागेको हो। लाभग्राहीको अवस्था बुझ्ने अभियानले उनीहरुको समस्या पहिचान गरी निरुपण गर्न कार्यालयले सहजीकरणसमेत गर्नसक्ने लम्सालले बताए। उनका अनुसार पहिलो किस्ता लिएर डिपिसी गरेको तर जग्गा संयुक्त नाममा भएका कारण दोस्रो किस्ता नपाएको गुनासो कार्यालयमा निकै आएको छ।  

भूकम्प प्रतिरोधी मापदण्डअनुसार बनाइएका घर सानो भएका कारण वासस्थानका रुपमा प्रयोग नगर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतमा ऋण उपलब्ध नभएकोलगायत समस्याले पुनःनिर्माणको काम प्रभावकारीरुपमा अघि बढ्न नसेकको कार्यालयले जनाएको छ। साथै, भौगोलिक कठिनाइका कारण बस्ती स्थानान्तरण तथा भूमिहीन परिवारको व्यवस्थापन प्रक्रियामा ढिलाइ हुँदा पुनःनिर्माणलाई तीव्रता दिन नसकिएको लम्सालले बताए। 

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ८४ हजार ५७० भूकम्पपीडित परिवारले आवास अनुदान सम्झौता गरेकोमा ९१ प्रतिशत अर्थात ७७ हजार २०५ लाभग्राही परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन्। यसमध्ये ७३ प्रतिशतले दोस्रो किस्ता र ६२ प्रतिशतले तेस्रो किस्ता रकम लिएका हुन्। कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ६२ प्रतिशत आवास पुनःनिर्माणको सकिएको जनाएको हो।  

यसैबीच, कार्यालयमार्फत जिल्लामा सञ्चालित पुनःनिर्माणको गतिविधिको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रेपलाञ्चोकले निगरानी गरिरहेको जनाएको छ। संस्थाको जिल्ला अधिकृत गङ्गा लामाले अनुदान कार्यालय तथा सञ्चारकर्मीसँगको ‘पुनःनिर्माण चुनौती र प्रगति’ विषयक अन्तक्र्रिया कार्यक्रममा लाभग्राहीले प्रकार बदल्न चाहनु, भौगोलिक कठिनाइ (यातायात), एकापसको समन्वयको अभाव, समय समयमा नीति नियमको परिवर्तन, लाभग्राहीले अनुदान रकम अन्यत्रै खर्च गर्ने, कतिपय लाभग्राहीको घर बनाउने भावना नभएका कारण पुनःनिर्माणको काम प्रभावकारीरुपमा अघि बढ्न नसेकको पाइएकाले सरोकारवाला निकायलाई पत्राचार गरी सुझाइएको बताए।  

त्यसो त, कार्यालयको तथ्याङ्कअनुसार सात हजार ३६५ परिवार अझै आवास अनुदान सम्झौता गरेका छैनन्। लाभग्राहीमा सूचीकृत नभएको भन्दै गुनासो गर्नेको सङ्ख्या पनि हजारौँ रहेको अवस्थामा सूचीकृत भूकम्पपीडित परिवार आवास अनुदान सम्झौता गर्न नआउनु निकै चासोको विषय रहेको देखिएको हो। कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५७ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ। सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ।  
अर्को समाचार
चिसोले भूकम्पपीडितमा श्वासप्रश्वास, निमोनिया, पखाला र दमका समस्या बढ्दो
१५ पौष २०८०
•
४ मिनेट पाठ
चिसोले भूकम्पपीडितमा श्वासप्रश्वास, निमोनिया, पखाला र दमका समस्या बढ्दो
फाइल तस्बिर
गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन्। चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन्। अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन्। त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्‍यो।




मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी हुनुहुन्थ्यो । 'भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं', कल्पनाका श्रीमान गोपे सुनारले भने, 'सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिइन।'

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। 'सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ', सुनारले भने।

चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको स्वास्थ्यकर्मी बताउँछन्।

चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन्। नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताइन्। चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताइन्।  

चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताइन्। चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनले बताइन्। नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए।

नगर अस्पताल दल्लीमा कार्यरत डा विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन्।

अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ। जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा भारतीको भनाइ छ। जुनीचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन्। चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। औषधि नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन्। औषधि अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि औषधि नभएको बताइन्। उनका अनुसार चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ। औषधि नहुँदा उपचार गर्न नसकिएको उनको भनाइ छ। स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधिसमेत दिन नसकेको शाहीले बताइन्।

जुनीचाँदे–६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताइन्। उनले गाउँपालिकामा औषधिको माग गरे पनि आउन नसकेको जनाइन्। चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्। जुनीचाँदेका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ। जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो। यहाँ अत्यधिक चिसो हुने गर्छ।

जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ। जुनीचाँदेका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधि खरिद नगरेको र जिल्लाले औषधि नपठाएकाले समस्या भएको बताए। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधि पठाइएको तर जुनीचाँदेले औषधि नै माग नगरेको बताइन्। औषधिको मौज्दात सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उनको भनाइ छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस