ताप्लेजुङ सदरमुकाम फुङ्लिङकै एउटा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका–८ दोखु खोदम्बुको बस्ती जोखिममा परेको हो । बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि सो बस्तीका पा“च परिवार घर छोडेर अर्को गाउ“मा बसेका थिए ।
स्थानीय सूर्यमान तामाङका अनुसार लाखवहादुर मोक्तान, तारा तामाङ, बिर्खबहादुर तामाङ, पञ्चवहादुर सुनुवार र कमल मगरको परिवार पानीट्याङ्की क्षेत्रमा सरेर बसेका हुन् । सो क्षेत्र पहिरोका दृष्टीले कम जोखिम क्षेत्रको रुपमा रहेको त्यहाँ सर्नेहरूको अनुमान छ । पहिरो बीरबहादुर तामाङको घरमाथिसम्म झरेको छ । बस्ती माथिको पहरा फुटेर झर्दा बीचमा रहेको सडकमा ठूलाठूला ढुङ्गा अल्झिएको छ ।
ढुङ्गा त्यहा“बाट झरे यी पा“चघर तलका अन्य परिवार पनि जोखिममा पर्नेछन् । सडकको माटो कमसल भएकाले ढुङ्गा बस्तीतर्फ झर्ने जोखिम पनि उत्तिकै छ । करिव एकसय मिटर लामो पहिरो बिरबहादुरको बारीसम्मै पुगेको छ । पहिरो सुरु भएको माथिल्लो भागमापनि ठूलाठूला ढुङ्गा भएकाले जोखिम रहेको हो । मनसुन पूर्णतया सक्रिय भएको र बर्षा पनि निरन्तर भईरहेकोले यो बेला सर्तकता अपनाउन आम जिल्लाबासीलाई जिल्ला बिपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।
जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाढी र पहिरोको जोखिम बढ्दै गएकोले सम्बेदनशिल र सर्तक रहन आम जिल्लावासीलाई आग्रह गरेका छन् । उनले पहिरोको अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न समेत सुझाएका छन् । उनी नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलीले फुङ्लिङस्थित पहिरो जोखिम क्षेत्र खोदम्बुको स्थलगत निरीक्षण समेत गरेको छ ।
स्थानीय निर्माण व्यवसायीको स्काईभेटरको प्रयोग गरी पहिरो झरेर अवरुद्ध भएको सडकको अवरोध हटाईएको उनले जानकारी दिए । एयटा स्काईभेटरलाई मेची राजमार्ग क्षेत्रको काबेली–फुङ्लिङ खण्डमा केहिदिन तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाउने पहल भईरहेको समेत प्रजिअ निरौलाले जानकारी दिए ।
बैतडीका ८ वटा स्थानीय स्थानीय तह पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालिका पहिरोको जोखिममा रहेका छन् ।
पहिरोको जोखिममा रहेका स्थानीय तहमध्ये ४ स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाएका छैनन । पहिरो लगायतका प्रकोपबाट हुने क्षति कम गर्न विपद् व्यवस्थापन योजना बनाएर लागू गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुन ुपर्ने भएपनि जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेको बताउका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन् । चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रबीन धानुकले बताए ।
अहिलेसम्म पहिरोले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ ओटा स्थानीय तह पहिरोको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए । सुर्नया र पाटन बाहेक अरु स्थानीय तह पहिरोको जोखिममा छन् ।
ती दुई स्थानीय तहमा पनि पहिरोको जोखिम कायमै रहेको छ । जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । जिल्लाको पुर्चौडी नगरपालिकाको मल्लादेही क्षेत्र, न्वादेउ, डिलासैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै मेलौली नगरपालिकाको–८ र ९, विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् ।
पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय बताउँछन् । स्थानीय तहहरुसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । विपद् व्यवस्थापन योजनाको अभावमा राहत, उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको छ ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...