जनकपुर सौन्दर्यकरणका नयाँ नयाँ योजना तर कार्यान्वयन निराशाजनक
२२ असार २०७७
•
४ मिनेट पाठ
जनकपुर सौन्दर्यकरणका नयाँ नयाँ योजना तर कार्यान्वयन निराशाजनक
जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउदै पर्यटकीय गन्तव्यको रुपमा चिनाउन र चिट्टिक्क पारी हेर्न लायक बनाउन संघीय सरकारले सरसफाई तथा पोखरी संवद्र्धन आयोजना अघि बढाउने सम्झौता गर्यो ।




खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाई आयोजना र जनकपुरधाम उपमहानगरपालिकाबीच असोज २०७५ मा उक्त सम्झौता भएको थियो ।

उक्त आयोजना अन्तर्गत ३१ वटा पोखरीहरूको सरसफाई र सम्बर्द्धन गर्ने, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाई तथा सम्बद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुरधाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको थियो । सम्झौता अनुसार पोखरीहरूमा सोलार बत्ती जडान, वृक्षारोपण तथा पार्क निर्माण लगायतका कार्यहरू समेत रहेका छन् ।  

धनुषसागर, गंगासागर र अंगराजसर पोखरीलाई आयोजना अन्तर्गत विशेष सौन्दर्यीकरण गर्ने सम्झौता भएको थियो । तीनवटै पोखरीमा म्युजिकल फाउन्डेसन निर्माण गरी लेजर लाइट प्रयोग गर्ने, आकर्षक पानीको फोहोरा निर्माण गर्ने, चलचित्र प्रदर्शनी गर्ने,  जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा अन्डरग्राउन्ड ढल निर्माण लगायतका कार्यहरू गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाको अनुमानित लागत भ्याट सहित एक अर्ब १६ करोड रहेको छ ।  आयोजना सम्पन्न भइसकेपछि त्यसको सञ्चालन, मर्मत सम्भार आदि कार्यको लागि जनकपुरधाम उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।  

तर सम्झौता भएको करिब दुई वर्षमा ढल निर्माणकार्य मात्र सुरु भएको छ । संघीय सरकारले गत आर्थिक वर्षमा मात्र १० करोड रुपैयाँ मात्र यो आयोजनाकालागि विनियोजन गरेकाले कामले गति लिन नसकेको खानेपानी तथा सरसफाई आयोजना जनकपुरका प्रमुख राजेश कुश्वाहाले बताए । उनका अनुसार चार वटा प्याकेजमा सौन्दर्यकरण थालिएको छ ।  

‘एक अर्ब बढीको आयोजना छ तर बजेटको सुनिश्चितता भएन् । विनियोजित बजेटको एक तिहाई रकम बराबरको टेन्डर मात्र निकाल्न मिल्छ,’ उनले भने, ‘पहिलो चरणमा टेन्डर आह्वान गरी २५ करोडमा ठेक्का लगाएका छौं । दोस्रो प्याकेजमा अगामी असोज महिनातिर पोखरी सौन्दर्यकरणकालागि अर्को टेन्डर आह्वान गछौं।’

तर संघीय सरकारले यसवर्ष यो आयोजनाकालागि हालसम्म बजेट निर्धारण नगरिसकेकाले आयोजना सम्पन्न हुने अनिश्चितता अझै कायमै छ । ‘सरकारले जसरी रकम विनियोजन गर्दै जान्छ त्यसरी नै काम अघि बढ्दै जान्छ ।  आयोजना कहिलेसम्म सम्पन्न हुन्छ भन्न सकिदैन,’ उनले थपे ।  

२५ असार २०७५ मा सोही वर्षकै विवाहपञ्चमीमा जानकी मन्दिरको विद्युतीय सौन्दर्यीकरण उद्घाटन गर्नेगरी गैर नेपाली आवाशिय संघ (एनआरएन), प्रदेश सरकार, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । करिब ५ करोड लगानीमा जानकी मन्दिर झकिझकाउ बनाउने सम्झौता पत्रमा उल्लेख छ । तर सम्झौता भएको करिब डेढ वर्षपछि समेत काम सुरु नभएपछि सम्झौता नै रद्द भयो ।

‘काम कहिले गर्ने भनेर मैले पटक पटक फोन गरे तर कसैले रिस्पोन्स नगरेपछि वृहतर र प्रदेश सरकारले काम गर्ने भन्यो,’ मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भने । उनका अनुसार संघीय सरकार अन्गर्तत रहेको वृहततर जनकपुर परिषद र प्रदेश सरकारले सौन्दर्यकरणको काम थाल्ने भएको छ । तर एनआरएनका एक प्रतिनिधिले ढिलाई भएपनि काम गर्ने लागेको बेला मन्दिरले सौन्दर्यकरणको काम वृहतरलाई दिएको बताए ।  

‘एनआरएनको आन्तरिक विवादले ढिलाई भयो तर काम सुरु गर्ने योजना बनाएपछि वृहतरले सम्झौता गरेको थाहा पायौँ,’ उनले भने, ‘हाम्रो बजेटबाट कमिसन खाने ठाउँ कतै थिएन तर भ्रष्टचार गर्नकै लागि  मन्दिरले वृहतसँग सम्झौता गरेको छ । वृहतरले हाम्रै डिजाइन पनि चोरी गरेको छ ।’  

तर डिजाइन चोरी गरेको आरोप निराधार रहको वृहत जनकपुर परिषदका प्रमुख बलराम ठाकुरले बताए । उनका अनुसार एसियामै कुनै मन्दिरमा नभएको भारतीय संसद भवनजस्तो लाइट, मेटल डिटेक्टर, हाइ लेभेल सिसिटिभी क्यामेरा लगायतका आधुनिक प्रविधिबाट कामहरू सौन्दर्यकरण अन्तर्गत गरिने छ । सम्झौता अन्तर्गत जानकी मन्दिर, परिसर, लक्ष्मण मन्दिर र मडवा समेतको सौन्दर्यकरण हुनेछ ।  

‘एनआरएनले काम नगरेपछि प्रदेश सरकारको समन्वयमा हामीले काम गर्न लागेका छौँ । बहुवर्षीय योजना भएकाले टेण्डरको रकम थप हुन सक्छ । करिब १२ करोडसम्म खर्च हुने देखिन्छ । समान भारतबाट आइसकेको छ केही दिनमै काम सुरु हुनेछ,’ उनले भने । सम्झौताले जनकपुरबासी हर्षित मात्र भएनन्, ठूलठूला सपानहरू पनि बुन्न थाले । अस्तित्व मेटिने अवस्थामा रहेका यहाँका धार्मिक तथा एतिहासिक पोखरीको संवर्दन तथा सरसफाइले जनकपुरको स्वरुप नै परिवर्तन हुने स्थानीयहरूले अपेक्षा गरेका थिए । तर राज्यको उदाशीनताले सम्झौता ओलझेलमा पर्ने खतरा बढेर गएको छ ।

निर्वाचित भएर आएको पहिलो बैठकमै जनकपुरधाम उपमहानगरपालिकाले पछिल्लो मधेस आन्दोलनको सम्पुर्ण सहिदको शालिक सहित सहिद गेट निर्माण गर्ने निर्णय गरेको थियो । तर काम सुरु गर्न संघीय सरकारले दुइदिन अघि मात्र परिपत्र गरेपछि निर्णय भएको दुई वर्षपछि गेट शिलान्यास गरिएको उपमहानगरकी उपप्रमुख रिता झाले बताइन् ।

गत अषाढ २० गते जनकपुरको प्रवेशद्धार मानिने मुजेलियामा शहिद गेटको शिलान्यास भएको छ । गेट निर्माणकालागि उपमहानगरपालिकाले चार करोड रकम विनियोजन गरेको छ । ‘तीन करोडमा ठेक्का लागेको छ । तर निर्माणको क्रममा सडक मर्मत गर्नुपर्ने हुन्छ । अन्य भ्याटबिल सहित चार करोड खर्च हुने अनुमान छ,’ उनले भनिन् । तर जनकपुरका अधिकांस महात्वाकांक्षी योजना घोषणा भएको वर्षौसम्म सम्पन्न नहुने हुँदा सहिद गेट निर्माण समेत समयमा पुरा नहुने स्थानीयहरूको आशंका छन् ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस