जिल्ला प्रहरी कार्यालयलाई बाणिज्य संघको स्मार्ट टिभी
२५ असार २०७७
•
१ मिनेट पाठ
जिल्ला प्रहरी कार्यालयलाई बाणिज्य संघको स्मार्ट टिभी
जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गर्दै उद्योग बाणिज्य संघका पदाधिकारी । तस्बिर : नागरिक
उद्योग बाणिज्य संघ खोटाङले जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पुगेका सेवाग्राहीलाई लक्षीत गर्दै बाणिज्य संघले प्रहरीलाई ७९ हजार मूल्य पर्ने ५५ ईन्चको स्मार्ट टिभी प्रदान गरेको हो । 




समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरिएको उद्योग बाणिज्य संघका महासचिव मनोज बजिमयले बताए । जिल्ला प्रहरी कार्यालयमा बिहीबार एक कार्यक्रमकाबीचमा बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले डिएसपी नारायणप्रसाद चिमोरियालाई टिभी हस्तान्तरण गरेका छन् ।  

समुदायमा सचेतना अभिबृद्धि गर्ने किसिमका भिडियो सन्देश प्रशारणका लागि जिल्ला प्रहरी कार्यालयको सेवाग्राही बस्ने प्रतिक्षालयमा स्मार्ट टिभीको व्यवस्था मिलाइएको हो । स्मार्ट टिभीमार्फत विभिन्न किसिमका अपराधबाट बच्ने उपाय, यौन हिंसा, घरेलु हिंसा, बाल बिवाह, दाइजो प्रथा, लागुऔषध दुव्र्यसनी, साइबर क्राईम, बाल श्रम, सडक सुरक्षा, वातावरण संरक्षण लगायत सम्बन्धी सचेतनामुलक सन्देश प्रशारण सुरु गरिएको डिएसपी चिमोरियाले बताए ।

‘अपराधबाट पीडित हुनबाट जोगिने उपायका बारेमा सचेत गराउन र अपराध भइहालेको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्ने वातावरण बनाउनका लागि स्मार्ट टिभीको प्रयोग सुरु गरिएको हो,’ डिएसपी चिमोरियाले भने, ‘टिभिबाट अपराधबाट बच्ने उपायका बारेमा सचेतनामुलक सामग्री प्रशारण सुरु गरेका छौँ । भिडियोमार्फत देखाइएको सन्देशमुलक सामग्री प्रभावकारी हुने अपेक्षा गरिएको छ ।’ 
अर्को समाचार
रकम माग गर्ने तीनजना पक्राउ
२१ वैशाख २०८१
•
१ मिनेट पाठ
रकम माग गर्ने तीनजना पक्राउ
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीलाई बुधबार राति पक्राउ गरेको हो।




पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९ का माछागढका २५ वर्षीय मानबहादुर सुनार, २२ वर्षीय निरज नेपाली र २२ वर्षीय हिमाल बिक रहेका छन्। बाँसगढी नगरपालिका ७ कालाबन्जरस्थित जंगलमा भे १ ख ३५०७ नम्बरको ट्रक रोकी रकम माग गरेका थिए।  

बाँसगढी नगरपालिका ६ दमौलीका शक्ति श्रेष्ठ ट्रक चालकको मिलेमतोमा तीनजनाले रकम माग गरेका थिए। ट्रक रोकी जिल्ला बहराइच थाना मोतीपुर ग्राम स्थायी वतन भई हाल गुलरिया नगरपालिका ५ स्थित लक्ष्मी ट्रेड एन्ड सप्लायर्समा कामदारका रुपमा काम गर्दै आएका ३६ वर्षीय इलियास शेषलाई बोलाई आफूहरु सादा पोशाकका प्रहरी हौं भनी रकम माग गरेका थिए।

पक्राउ परेका तीनजनाले शेषसँग ५ हजार रुपैयाँ दिए मात्र ट्रकमा लोड भएको कवाड सामान लग्न पाइने धम्की दिएका थिए। प्रहरी सूचना पाउनासाथ उक्त स्थानमा पुगेको थियो।

रकम माग्ने कार्यमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जनाए। रकम माग्न लगाउने मुख्य योजनाकार ट्रक चालक शक्ति श्रेष्ठ फरार छन्। फरार श्रेष्ठको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस