कावासोती, जेठ २२- पूर्वपश्चिम लोकमार्गअन्तर्गत नवलपरासीको दाउन्ने एस मोडमा लु १ ख ४०९४ नम्बरको बस सडकबाट तीस मिटर तल खसी आज भएको दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या छ पुगेको छ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा रूपन्देही गंगोलिया-४ का अयोध्या थारुको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
बसमा सवार तीनजनाको घटनास्थलमै दुई जनाको दाउन्नेदेवी पोलिक्लिनिक बर्दघाट र एकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको हो।
रूपन्देही मैनहियाका किसानको भ्रमण बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका रूपन्देही गंगोलिया-७ का अन्जादी ५० वर्षीय हरिद्धारप्रसाद थारु, फर्साटिकर-४ का बस चालक बोधराज काफ्ले र गंगोलिया-४ का अयोध्या थारुको मात्र सनाखत भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा परी २२ जना घाइते भएका छन्। घाइतेको बुटवलमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ।
पाल्पाबाट चितवन भ्रमण सकेर रूपन्देही फर्किदै गरेको बस दुर्घटना परेको हो। चार दिन अगाडि उनीहरू भ्रमणमा निस्केका थिए।