सप्तकोशीमा खतरा टर्दै
२७ असार २०७७
•
३ मिनेट पाठ
सप्तकोशीमा खतरा टर्दै
सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ । शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपरान्हदेखि भने घट्न थालेको छ । शनिबार विहान ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ७५ हजार ५५० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा अपरान्ह ४ बजे दुई लाख ३७ हजार ७९० मा झरेको छ । बिहीबार रातिदेखि बढेको पानीको बहाव निरन्तर बढ्न थालेको हो । 




शनिबार अपरान्हदेखि पानीको बहाव घटन थालेसँगै खतराको टर्दै गएको छ । यो वर्ष खतराको तहसम्म पानीको बहाव पुग्दा कोशीको पूर्वी तटबन्ध क्षेत्रका बासीन्दा त्राहीमाम भएपनि घट्न थालेपनि केही राहत महसुस गर्न थालेको कोशी गाउँपालिका क्षेत्रबाट पत्रकारिता गर्दै आएका मिकायल आलमले बताए । 

पानीको बहाव घटबढ भएसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ३७ वटा खुल्ला गरिएको छ । सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले कोशीमा खतराको तहसम्म पानीको बहाव बढेपनि अब बिस्तारै घटन थालेकाले आतिनुपर्ने अवस्था नभएको बताए । 

पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको बहाव बढ्ने गर्छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ । यस्तो खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको बहाव कट्नेवित्तिकै ‘अटोमेटिक’ पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । दुई लाख काट्नेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । यी तीनवटै बत्ती पानीको बहाव बढे अनुसार ‘अटोमेटिक’ नै बाल्ने नियम छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव वस्तीमा पसेको थियो । त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए ।

कोशी ब्यारेजका घर डुबानमा

निरन्तर परेको पानीले गर्दा सुनसरी कोशी गाउँपालिका वडा नं. ८ को एक घर डुबेर क्षति पुग्नुका साथै अरु घर डुबानमा पर्न थालेपछि स्थानीयलाई स्कुलको आश्रयस्थलमा राख्न थालिएको छ । 

पानीले स्थानीय छेदी मण्डलको घर डुबेर अरु घर डुबानमा पर्न थालेपछि २५ जनालाई नजिकै रहेको स्कुल कोशी आधारभूत विद्यालयमा राखिएको सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले जनाए । बस्तीमा पानी पसेपछि जैमुल खातुन, कनिजा खातुन, बलराम मण्डलसहितको परिवारलाई स्कुलको आश्रयस्थलमा राखिएको छ । 

एक पुरुष डुबेर बेपत्ता

निरन्तर रुपमा परेको पानीले गर्दा सुनसरीको धरान वडा नं. १३ मा सर्दु खोलामा डुबेर एक जना पुरुष बेपत्ता भएका छन् । खोलामा डुबेर वडा नं. १३ को राई टोलमा बस्दै आएका ५५ वर्षे रामबहादुर बस्नेत बेपत्ता भएका हुन् । 

उनलाई शनिबार दिउँसो ३ बजे खोलाले बगाएकाो हो । उनको खोतजलास गर्न प्रहरी परिचालन गरिएको छ । यसैगरी, धरान वडा नं. ५ को एउटा घरमा कटान गरेको छ ।
अर्को समाचार
सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली
१४ मंसिर २०७७
•
४ मिनेट पाठ
सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली
सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ। पछिल्लो समय सप्तकोशीको वराहक्षेत्रमा पुल निर्माण भएपछि वेलका नगरपालिकाको रामपुर बजार पुगेर दक्षिणसम्म यातायातको पहुँच भएकाले गर्दा सहजै पुग्न सकिन्छ। आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको वलौटो माटोको टापुमा छरपष्ट कच्ची घरहरु छन्। जताततैबाट हिड्न सकिन्छ, जहाँ बाटाहरु छैनन्।  




यहाँ केही समयअघिसम्म बिजुलीको पोल देखिदैन्थ्यो। प्रविधिको नाममा गाउँका धेरैको हातमा मोबाइल थियो। तर, मोबाइल चार्ज गर्न धेरैले सोलार जडान गरेका थिए। अझ छ–सात वर्षअघि त मोबाइलको व्याट्री चार्ज गर्न उनीहरुले करिव तीन किलोमिटर टाढाको प्रकाशपुर नाउँ चढेर आउने गर्थे।  

लोडसेडिङको बेला प्रकाशपुरमै दिनभरी कुर्नुपर्ने वाध्यता पनि थियो गाउँलेलाईं। मोबाइल चार्ज उनीहरुका लागि समय र पैसा दुबै हिसावले महंगो थियो। एक पटक चार्ज गर्दा ५ रुपैयाँ र नाउँ चढेको २० रुपैयाँ तिर्नुपथ्यो अनि दिनभरिको समय खर्चनुपर्थ्यो। अहिले भने विजुली बत्ती पुगेको छ। सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचमा अवस्थित रहेको श्रीलंका टापु वस्ती अहिले बराहक्षेत्र वडा नं. ६ र ९  मा पर्छ। यो वस्तीमा बिजुली बत्ती बाल्ने धोको पूरा भएको सुवोध चन्द्रवंशीले बताए। बिजुली बत्ती गाउँमा पुगेपछि अहिले गाउँलेले घरैपिच्छे टिभी राखेका छन् भने गाउँलेको प्रविधिमा पहुँच बढेको छ। ‘बिजुली बत्ती सहज भएपछि अहिले हामी गाउँले आनन्दित भएका छौं,’ सुवोधले भने।  

टापुमा सुरक्षाको कुनै संयन्त्र छैन। सुरक्षाको कुनै पूर्वाधार नभएकोले टापु वन्यजन्तु शिकारीका लागि सुरक्षित स्थलको रुपमा चिनिन्छ। स्थानीय पूर्णीदेवी चन्द्रवंशीका अनुसार अब भने बिजुलीको सहजताले गर्दा सुरक्षित महसुस हुन थालेको छ। वन्यजन्तुको आक्रमण पनि कम हुन थालेको छ। पहिला वन्यजन्तुको आक्रमणले गर्दा स्थानीय त्राहीमाम हुने गर्थे।  

ग्रामीण विद्युतीकरण परियोजना अन्तर्गत दुई करोड हाराहारी लगानीमा श्रीलंका टापुका बासीन्दाका लागि बिजुली जडान गरिएको हो। नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका अनुसार तीनपटकको बजेटमा दुई हजार छ सयभन्दा बढी घरधुरीका लागि बिजुली जडान गरिएको हो।    

कोशीबाट घेरिएको वस्ती सरकार भन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको प्रकाशपुर र महेन्द्रनगर आउँछन्। भोट हाल्छन् त्यो बाहेकको राज्यसँग अरु धेरै लेनदेन देखिदैन उनीहरुको। सुनसरी ५ नं. क्षेत्रमा पर्दा यो टापुका जनताले दुई दिवंगत नेता, काँग्रेसका गिरिजाप्रसाद कोइराला तथा तत्कालिन एमालेका मनमोहन अधिकारीलाई जिताउन योगदान गरेका थिए। यस्तै, तत्कालिन एमालेका जगदीश कुसियैत अनि संविधासभाको निर्वाचनमा क्षेत्र नं. ६ मा पर्दा  तत्कालिन एमालेका भीम आचार्यलाई दुईंपटक जिताउन योगदान गरेका थिए। अहिले क्षेत्र नं. ४ मा पर्ने यो क्षेत्रमा संघीय संसदको रुपमा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभामा नेकपाका तर्फबाट फेरि जगदीस कुसियतलाई जिताउन योगदान गरेका थिए।  

‘धेरे अगाडिदेखि श्रीलंका टापुका बासीन्दाका लागि बिजुली बत्तीका लागि पहल भएपनि बल्ल सार्थकता पाएको छ,’ संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने। शनिबार गाउँलेसमक्ष भेटघाट गर्न कार्की पुगेका थिए।  

टापुको जीवनयापन कृषी र पशुपालनमा निर्भर छ। कोशीको वहावसँगै यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ। एक दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरु अहिले रुखो हुँदै गएका छन्। परवलको राजधानी मानिन्थोे, टापु। अहिले भने परवल फल्दैन्। कोशी नजिकै हुँदा चिस्यान हुन्यो खेतमा बाली नाली सबै राम्रो हुन्थ्यो, आजकल कोशी भागेर निकै पूर्व पुगेपछि जमिन रुखो हुँदा कम उत्पादन हुन्छ। टापुँमा धान फल्दैन, गहुँ, मकै कोदो मुख्य उत्पादन हो।  

पाँच दशक अघि कोशीका दुबै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी  पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बीचमा टापु बन्न पुगेको हो।  

कोशीको तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ। जो यही घरजम गरेर नेपाली नागरिक भैसकेका छन्। टापुमा बसोबास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जीन्दगी जीउँने छन्। चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बु, वाहुन, क्षेत्री सबै खालेको घर बनेको छ, टापुमा।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस