नेपाली सेनाको जीप दुर्घटना १ को मृत्यु ६ गम्भीर
२९ जेष्ठ २०६९
•
१ मिनेट पाठ
नेपाली सेनाको जीप दुर्घटना १ को मृत्यु ६ गम्भीर
कमल थापा, रुकुम, जेठ ३० - मंगलबार विहान नेपाली सेनाको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बा१ ज ६३०६ नम्बरको जीप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पबाट रुकुमकोट गाविस जाँदै गर्दा रुकुमकोट गाविस १ रानीकोटमा दुर्घटना भएको हो।




दुर्घटनामा परी सिपाही आशालाल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षकण निरञ्जन थापाले जानकारी दिए। गम्भीर घाइतेमा बाटो निर्माणको ठेकेदारका एकै घरका ३ जना र सेनाका ३ जना रहेका छन्। उनीहरुको नाम खुलेको छैन्। घाइतेहरुलाई उपचारको जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको छ। नेपाली सेना, प्रहरी र स्थानीय वासिन्दाको पहलमा उद्दार गरिएको छ। जीप दूर्घटनाको कारण थाहा हुन सकिरहेको छैन्। जीप सडकवाट अनियन्त्रित भई करिब १० मिटर तल खसेको बताइएको छ।

मुसीकोट बुर्तिवाङ सडक निर्माण कार्यदलको जिम्मा लिएको नेपाली सेनाको एक टुकुडी साँख गाविसको घोरखानीमा बस्दै आएको छ।
अर्को समाचार
एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर
२७ फागुन २०७६
•
६ मिनेट पाठ
एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर
गोरखा– फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।




त्यस्तै फागुन २३ गते  सिरानचोक गाउँपालिका–८ जौवारी धन्सार भन्ने ठाउँमा  ट्याक्टर दुर्घटना हुँदा दाङका यज्ञबहादुर भण्डारीको  घटनास्थलमै मुत्यु भने दुई जनाको  गम्भीर घाइते भए । घाइते भएकाको हालसम्म उपचार भइरहेको छ । फागुन २७ गते मंगलबार बिहान बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलाबाट जिप खस्दा १३ जना घाइते भए । पाँच जनाको अवस्था गम्भीर छ । गम्भिर घाइतेलाई हेलिकप्टबारट उपचारका लागि काठमाण्डौँ लैजानुपर्ने अवस्था नै आयो ।

एक साताको बिचमा भएका यी दुर्घटनामा दुई जनाले ज्यान गुमाए भने १४ जना गम्भीर घाइते भए । यी सबै दुर्घटना ग्रामीण  कच्ची सडकमा भएका छन् । मान्बु दुर्घटना भर्खरै खनिएको नयाँ सडकमा भएको हो । करिब एक सय ५० मिटर तल जीप खसेको थियो ।

दोहोरो सवारी चल्न नमिल्ने साघुँरो सडक भएकोले  जिप खसेको थियो । भिरमा जीप खस्दा लामो समयसम्म घाइतेको उद्धारमा समेत समस्या भएको थियो । धार्चे गाउँपालिकाका उपाध्यक्षसहित जनप्रतिनिधिको टोली अपाङ्गता परिचय पत्र, जेष्ठ नागरिक परिचय पत्र वितरणका लागि वडा नं.६ काशिगाउँ गएका थिए ।

ग्रामीण भेगमा ट्राफिक प्रहरीको आँखा नपुग्ने, चेकजाँचमा कडाई नगर्दा क्षमता भन्दा धेरै यात्रा बोक्ने, धेरै पुराना सवारी साधन चलाउने क्रम पनि बढेको छ । गाउँगाउँमा आफूखुसी खनिएका, नयाँ खुलेका सडक दुर्घटनाको निम्ताएको हो ।

मंगलबार सौरपानीमा भएको जीप दुर्घटनामा क्षमता भन्दा धेरै यात्रु सवार थिए । सडक ट्रयाक राम्रो नहुँदा नियमित सदरमुकाम सम्म त्यहाँबाट यात्रुबाहक बस चल्ने अवस्था छैन । गाउँबाट सर्वसाधारण जीप चढेर महँगो भाडामा जोखिमको यात्रा गर्न बाध्य छन् । प्रहरीको आँखा छलेर जिप धनी र चालकले खचाखच यात्रु ओसार्ने गर्छन । क्षमता भन्दा धेरै यात्रु र साँघुरो कच्ची सडक, घुम्ती, ग्रेडिङ मापदण्ड बिना खनिएका सडक दुर्घटनाको कारण भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । जैवारी ट्याक्टर दुर्घटना पनि कच्ची सडकमा लापरबाहीका कारण भएको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफिक प्रमुख सुकबहादुर बिकले कच्ची सडकको कारण दुर्घटना बढेको बताउँछन् । ‘सडकको जोखिम, पुराना सवारी साधन, सवारीको अवस्थाले दुर्घटना भएको देखिन्छ’ उनले भने । अहिले ग्रामिण भेगमा २० वर्ष पुराना सवारी साधन पनि चल्ने गरेको छ । निजी प्रयोजनका लागि भन्दै रातो नम्बर प्लेटका तर धेरै पुराना सवारी साधनलाई यात्रु ओसार्न प्रयोग गरिएको छ ।

‘हामी समूह बनाएर गाउँगाउँमा चेकजाँच सुरु गछौँ’ गोरखाका ट्राफिक प्रहरी प्रमुख बिकले भने ‘यात्रुहरूले पनि पुरानो गाडी रिर्जभ गरेर हिड्ने, जोखिमको सडकमा क्षमता भन्दा धेरै चढ्न भएन ।’ गोरखामा यातायात सञ्चालन गर्दै आएको दरौँदी यातायात सेवा प्रालिका अन्जनबाबु खत्रीले सबै ठाउँमा यात्रुबाहक बस आउजाउ गर्ने सहज सडक नहुँदा पठाउन नसकिएको बताए । ‘अहिले जताततै कृषि सडकको नाममा ट्याक खुलेको छ, तर स्तरीय छैन, एउटा सडकले अर्को सडकमा क्षति पुगेको छ’ उनले भने ।

छिटो यात्रा गर्ने भन्दै जोखिम मोलेर क्षमता भन्दा धेरै यात्रु चढ्दा दुर्घटना हुने गरेको बताउँदै यात्रुहरू पनि सचेत रहनुपर्ने सुझाब ब्यवसायीको छ ।एक हप्तामा तीनवटा दुर्घटना ग्रामिण सडकमा भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले विपद् बव्यवस्थापन समितिको बैठक डाकेर सडक दुर्घटना न्यूनिकणको विषयमा छलफल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उक्त विषयमा छलफल गर्न स्थानीय तहका प्रमुखहरुसहित बिहीबार बैठक बोलाइएको बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस